८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

एशिया-प्यासिफिक ग्लोबल एक्सेलेरेटर नीति फोरम: सीप, रोजगार र सामाजिक सुरक्षामा लगानी वृद्धि आवश्यक

एशिया-प्यासिफिक ग्लोबल एक्सेलेरेटर नीति फोरम: सीप, रोजगार र सामाजिक सुरक्षामा लगानी वृद्धि आवश्यक
अ+ अ-

कम्बोडिया। कम्बोडियाको राजधानी फ्नोम पेन्हमा एशिया-प्यासिफिक ग्लोबल एक्सेलेरेटर नीति फोरम सुरु भएको छ । नेपाल, कम्बोडिया, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स र भियतनामका प्रतिनिधीहरु सहभागी सम्मेलनमा सहभागी राष्ट्रहरूले सीप विकास, सम्मानजनक रोजगारी तथा सामाजिक सुरक्षामा रणनीतिगत सुधार र वित्तीय लगानी अभिवृद्धिको खाँचोमा जोड दिएका छन्।

अन्तर्राष्ट्रिय श्रम संगठन र कम्बोडिया सरकारको श्रम तथा व्यावसायिक तालिम मन्त्रालयको सहकार्यमा संयुक्त राष्ट्रसंघीय निकायहरूसँग मिलेर आयोजना गरिएको दुई दिने फोरमले हरित तथा डिजिटल रूपान्तरणसँग समन्वय गर्दै रोजगारी तथा सामाजिक सुरक्षालाई एकीकृत रूपमा अघि बढाउने रणनीतिहरूमा छलफल गरिरहेको छ।

नेपाल, कम्बोडिया, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स र भियतनामलाई पाथफाइन्डर देशहरू का रूपमा चिनाउँदै सम्मेलनले यी राष्ट्रहरूको नवीनतम प्रयासहरूको अनुभव आदानप्रदान गर्नेछ।

फोरमले सीप, रोजगारी तथा सामाजिक सुरक्षामा नवप्रवर्तनकारी नीति र कार्यान्वयन योजनाहरू विकास गर्न सहयोग गर्ने उद्देश्यका साथै नवीनतम प्रयासहरूको अनुभव आदानप्रदान गर्ने जनाईएको छ ।

कार्यक्रममा कम्बोडियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री डा. आउन पोर्नमोनिरोथले उद्घाटन मन्तव्य दिँदै भन्नुभयाे , “विश्वभर बढ्दो अनिश्चितताको अवस्थामा यस्तो सम्मेलन समयसापेक्ष मात्र नभई संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यहरू (SDGs) प्राप्तिका लागि साझेदारी र अनुभव साटासाटको महत्वपूर्ण प्रमाण हो।”

अन्तर्राष्ट्रिय श्रम संगठन की सहायक महासचिव मिया सेप्पोले भन्नुभयाे , “सीमित सुधार वा विगतका अभ्यासहरू दोहोर्याएर अबको चुनौतीहरू समाधान हुँदैनन्। आवश्यक छ— साहसीक नीति र पर्याप्त लगानी।”

नेपाल सरकार,स‍गै नीजिक्षेत्रका प्रतिनिधिहरूले समेत सम्मेलनमा सक्रिय सहभागिता जनाइरहेका छन्। नेपालले पछिल्ला वर्षहरूमा सामाजिक सुरक्षा कोष, सीप विकास कार्यक्रम तथा अनौपचारिक क्षेत्रका श्रमिकहरूका लागि नीतिगत सुधारमा विशेष ध्यान दिएको छ।

सामाजिक संवाद, न्यूनतम ज्याला र रोजगारी सुरक्षा सुनिश्चित गर्न श्रमिकहरूको आवाज सुनिश्चित हुनुपर्नेमा जोर दिँदै इन्डोनेसियाली ट्रेड युनियन महासंघ का अध्यक्ष एली रोसिता सिलाबानले भन्नुभयो , “ट्रेड युनियनको सहभागिताविना न्यायपूर्ण रूपान्तरण सम्भव छैन। सामूहिक बार्गेनिङ नै दीगो प्रगतिको आधार हो।”

यता पाकिस्तानका रोजगारदाता महासंघका ताहिर जावेद मलिकले भन्नुभयाे , “सीपयुक्त र सुरक्षित श्रमिक बलमा लगानी गर्नु केवल सामाजिक उत्तरदायित्व होइन—यो निजी क्षेत्रको दीर्घकालीन सफलता र स्थायीताको रणनीतिक आधार हो।”

फोरम सकिएपछि एक प्रतिवेदन प्रकाशित हुने छ, जसले सम्मेलनका मुख्य सिफारिसहरू समेट्नेछ र आगामी कार्ययोजनाका लागि मार्गदर्शन गर्नेछ।

ग्लोबल एक्सेलेरेटर अन जब्स एण्ड सोशल प्रोटेक्शन फर जस्ट ट्रान्जिसन्स नामक संयुक्त राष्ट्रसंघीय पहलले देशहरूलाई रोजगारी, सामाजिक सुरक्षा र वित्तीय नीतिहरूलाई समेट्दै समावेशी विकासमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।