२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई छोरासहित हमासका वरिष्ठ नेताको मृत्यु



अ+ अ-

एजृन्सी । लेबनानको सिडोनस्थित एक अपार्टमेन्टमा शुक्रबार भएको इजरायली ड्रोन आक्रमणमा हमासका वरिष्ठ अधिकारी हसन फरहत र उहाँका दुई छोराको मृत्यु भएको लेबनानी सेना र अल जदीद टिभी च्यानलले जनाएको छ ।

इजरायली ड्रोनले मध्य सिडोनको अल–जहरास्थित हमास नेता हसन फरहत बस्ने अपार्टमेन्टमा क्षेप्यास्त्र प्रहार गरेको लेबनानको सुरक्षा स्रोतले जनाएको छ । क्षेप्यास्त्र प्रहारबाट अपार्टमेन्टमा आगलागी हुदाँ फरहत र उहाँका दुई छोराको मृत्यु भएको स्रोतले जनाएको छ ।

अपार्टमेन्टमा फैलिएको आगो अग्नि नियन्त्रक तथा नागरिक सुरक्षाका कर्मचारीहरूले निभाएको तथा लेबनानी रेड क्रसका एम्बुलेन्सले शवहरू अस्पताल पुर्याएको रिपोर्ट गरिएको छ ।

सन् २०२४ नोभेम्बर–२७ मा सुरु भएको हमला हेजबुल्लाह र इजरायलबिचको युद्धविरामको बावजुद इजरायली सेनाले लेबनानको सिमानाका पाँच प्रमुख बिन्दुहरूमा सैन्य उपस्थिति कायम राखी आक्रमण गरिरहेकोे छ ।