२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट



अ+ अ-

बैङकक, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेट गर्नुभएको छ ।

बिम्स्टेकको शिखर सम्मेलन सकिएपछि बैङककस्थित होटल साङ्ग्रिलामा प्रधानमन्त्री ओलीसँग महासचिव पाण्डेले भेट गर्नुभएको हो ।

बिम्स्टेकको सचिवालय बङ्गलादेशको ढाकामा रहेको छ ।