१२ श्रावण २०८३, मंगलवार
,
Latest
वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौतीः उपनेता अर्याल गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारीलाई एमाले कार्यवाहक अध्यक्षको निर्देशन- ‘पार्टीलाई राष्ट्रिय निर्णायक शक्ति बनाउन भूमिका खेल्नुहोस्’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले प्रेस चौतारी नेपालको नवनिर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई पार्टी विचार र सिद्धान्तको प्रवर्द्धनमा अझ सशक्त र सक्रिय भूमिका खेल्न निर्देशन दिनुभएको छ ।

बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पोखरेलले सञ्चार क्षेत्रको भूमिकालाई महत्त्वपूर्ण बताउँदै प्रेस चौतारीले पार्टीलाई राष्ट्रिय निर्णायक शक्ति बनाउन विचार, नीति र कार्यक्रम जनस्तरसम्म पुर्‍याउने अभियानमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रेस चौतारीलाई डिजिटल माध्यम, सामाजिक सञ्जाल र स्थानीय सञ्चार माध्यममार्फत पार्टीको सन्देश प्रभावकारी रूपमा फैलाउने जिम्मेवारीसमेत स्मरण गराउनुभयो ।

कार्यवाहक अध्यक्ष पोखरेलले पार्टीविरुद्ध फैलाइने भ्रम र गलत सूचना तत्काल खण्डन गर्दै तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न निर्देशन दिनुभयो । ‘तथ्य , प्रमाण र तर्कको बलमा जबाफ दिने अभ्यास संस्थागत गर्न जरुरी छ,’ उहाँले भन्नुभयो ।

पत्रकारहरूको क्षमता विकासलाई आवश्यकतासँग जोड्दै पोखरेलले प्रेस चौतारीभित्र रहेका सञ्चारकर्मीहरूलाई तालिम, अन्तरक्रिया र संवादमार्फत अझ दक्ष बनाउनुपर्ने बताउनुभयो । उहाँले देशभर फैलिएको प्रेस चौतारी संगठनलाई थप सुदृढ बनाउँदै सञ्चारकर्मीहरूको हकहितका लागि पनि संघर्षशील बन्नुपर्नेमा जोड दिनुभयो ।

“प्रेस चौतारीले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको रक्षा गर्दै पार्टीको पक्षमा जनमत निर्माण गर्ने भूमिका निर्वाह गर्नुपर्छ,” पोखरेलको भनाइ थियो।

कार्यक्रममा प्रेस चौतारी नेपालका नवनिर्वाचित अध्यक्षसहित केन्द्रीय पदाधिकारीहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

 




भर्खरै