४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

खड्कालाई कार्यावाहक अध्यक्षको जिम्मेवारी

खड्कालाई कार्यावाहक अध्यक्षको जिम्मेवारी
अ+ अ-

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले काठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यावाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । जिल्ला संघको मंगलबार बसेको कार्यसमितिको बैठकले खड्कालाई कार्यावाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघिका अध्यक्ष प्रमोद पराजुलीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । त्यस ठाउँमा जिल्ला कार्यसमितिका उपाध्यक्ष खड्कालाई अध्यक्षको जिम्मेवारी दिइएको हो । पराजुली राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत भक्तपुर जिल्ला खेलकुद विकास समितिमा तेक्वान्दो सहायक प्रशिक्षकका रुपमा कार्यरत छन् । राष्ट्रिय खेलकुद ऐन– २०७७ मा राखेपमा कार्यरत कुनैपनि कर्मचारीले कुनैपनि तहको खेलकुद संघमा बस्न नपाउने प्रावधान रहेको छ ।

सोही अनुसार पराजुलीले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । नयाँ ऐनकै प्रावधान अनुसार कार्यसमितिका उपाध्यक्ष राजकुमार लामाले पनि पदबाट राजीनामा दिइसकेका छन् । उनी सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिमा तेक्वान्दो सहायक प्रशिक्षक हुन् । उक्त पद भने पछि पदपूर्ति गरिने कार्यसमितिले जनाएको छ ।
निवर्तमान अध्यक्ष पराजुलीले तेक्वान्दो मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, कार्यसमितिका पदाधिकारी र तेक्वान्दो डोजाङका प्रमुखलगायतको उपस्थितिमा भएको कार्यक्रममा खड्कालाई कार्यसमितिको निर्णय पुस्तिका हस्तान्तरण गरे ।

सो अवसरमा पराजुलीले खड्कालाई कार्यकाल पूर्ण सफलताका शुभकामना दिदै सबैको सरसल्लाह लिएर तेक्वान्दोको विकासमा लाग्न सुझाए ।
अध्यक्ष खड्काले तेक्वान्दोका अग्रज र साथीभाइको सुझाव÷सल्लाह अनुसार अगाडि बढ्ने बताउदै कार्यसमितिलाई देशकै नमुना संघका रुपमा स्थापित गर्न प्रयत्न गर्ने प्रतिबद्धता जनाए । खड्काले २०५० सालदेखि तेक्वान्दो खेल्न सुरु गरेका थिए । सन् २००९ मा प्रतियोगिता खेल्ने क्रममा उनको खुट्टामा गम्भीर चोट लागे पछि करिब २ वर्ष खेल यात्रामा ‘ब्रेक’ लागेको थियो । चोटमुक्त भएपछि पनि ग्योरोगी (फाइट) विधालाई त्यागी उनले पुम्से विधामा आफ्नो खेल यात्रालाई सुचारु गरे । उनले सुदूरपश्चिमाञ्चलमा भएको छैटौं राष्ट्रिय खेलकुदमा पुम्सेतर्फ स्वर्ण जितेका थिए ।

हाल उनी प्रशिक्षक र निर्णायकका रुपमा बढी व्यस्त छन् । खेलाडी, प्रशिक्षकका साथै निर्णायकको भूमिकामा उनले करिब ३२ राष्ट्रको भ्रमण गरिसकेका छन् । खेलाडीका रुपमा उनले १९ अन्तर्राष्ट्रिय स्वर्ण जितेका छन् भने केयौं पटक उत्कृष्ट निर्णायक पनि चुनिएका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दो तीनै विधाका एक्लो नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुन् । खड्काले डाँछीमा तेक्वान्दो एकेडेमी पनि सञ्चालन गर्दै आएका छन् । नेप्लिज तेक्वान्दो एकेडेमीका नाममा सञ्चालित यस एकेडेमीमा उनले आर्थिक अवस्था कमजोर भएका १५ जनालाई निःशुल्क प्रशिक्षण गराउदै आएका   छन् । उनी एकेडेमीका अध्यक्ष पनि हुन् ।

समाजसेवामा पनि सक्रिए ३३ वर्षीय कागेश्वरी मनोहरा नगरपालिका, थली निवासी खड्काले २०७२ सालको भूकम्प पीडित र हाल विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड– १९) बाट समस्यामा परेकालाई राहत वितरण गरेका थिए । त्यस्तै समयसमयमा घाइते खेलाडीको उपचार र समस्यामा परेका खेलाडीका परिवारलाई पनि आर्थिक सहयोग जुटाइ दिने गरेका छन् ।