२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिनकुने घटनाको जिम्मा सरकारको: कमल थापा



अ+ अ-

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत चैत्र १५ गते तिनकुने घटनाको जिम्मा नेपाल सरकारले लिनुपर्ने र रबिन्द्र मिश्र र धवल शमसेर राणा लगायतका ब्यक्तिहरुलाई थुनामा राख्नु आपत्तिजनक भएको बताएका छन् ।

जोर जबर्जस्ती गर्न खोजे सरकारलाई महङ्गो पर्न सक्छ थापाले भने । आज पार्टीका प्रबक्ता स्वर्गीय बसन्तमान सिंह अधिकारिको १३ औ दिनको पुन्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै थापाले हिन्दु राष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको लागि राष्ट्रवादीहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको बताएका छन् ।

थापाले अहिले गणतन्त्रवादीहरुले राजालाई बदनाम गरी झुटा आरोप लगाउँदा आफ्नो विचारको प्रतिरक्षाको निम्ति एकठाउँमा उभिनुपर्ने बताएका हुन् । उनले भने, ‘म देशभरका राष्ट्रवादी साथीहरुलाई आग्रह गर्न चाहन्छु अहिले जसरी राजालाई बदनाम गर्ने, झुटा आरोप लगाउने, हिन्दु राष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई निषेध गर्ने, समाम्त पार्ने जुन प्रयास भइरहेको छ त्यसबाट सजक भएर आफ्नो आस्था र विचारको प्रतिरक्षाको निमित सबै राष्ट्रवादीहरु एकठाउँमा उभिनु बाहेक अर्काे विकल्प छैन ।’

उनले अहिले आफ्ना सानातिना मतभेद, स्वार्थको कारणले एक ठाउँमा आएर आफ्नो आस्थाको प्रतिरक्षा नगरे भविश्यमा पछुताउनुपर्ने बताए ।अध्यक्ष थापाले गणतन्त्रवादीहरुले चाहे अनुसार भयो भने पद र दल मात्र होइन वैचारिक अस्तित्व नै संकटमा पर्ने पनि बताए ।

‘हाम्रो विचारलाई राजालाई बदनाम गर्न खोजिरहेका छन् । कसरी हिन्दु राष्ट्रको मान्यता र राजसंस्थालाई भ्रमपुर्ण ढङगबाट कमजोर बनाउन खोजिरहेका छन् । यदि उनीहरुले चाहे अनुसार अविस्ट पुरा भयो भने हाम्रो पद र दल मात्र होइन हाम्रो वैचारिक अस्तित्व नै संकटमा पर्छ,’ उनले भने ।

कार्यक्रममा राप्रपाका नेता डाक्टर प्रकाशचन्द्र लोहनी र बिक्रम पाण्डेले बिचार मिल्ने सबै एकै ठाउँमा आएर परिबर्तनको लागि आन्दोलनमा जानुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा राजाराम बर्तौला, जगत गौचन, सुमनमान सिंह अधिकारी , अन्जना रावलले पनि बोलेका थिए ।




भर्खरै