२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः अघिल्लो सिजन फाइनलमा भिडेका दुई टोलिबीच प्रतिस्पर्धा



अ+ अ-

काठमाडौँ । आईपीएल २०२५ को १५ औं खेल डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स र उपविजेता सनराइजर्स हैदरावादबीच हुँदैछ ।

खेल कोलकाताको घरेलु मैदान इडेन गार्डेन स्टेडियममा साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

जारी सिजनमा दुवै टोलीले ३–३ खेल खेलेका छन् । दुवैले १–१ जित र २–२ को हार बेहोरेका छन् । गत वर्ष यी दुई टोलीबीच फाइनल खेल भएको थियो ।

जहाँ कोलकाताले हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक आईपीएलको उपाधि जितेको थियो ।

हेड टु हेड
कोलकाता हेड टु हेडमा हैदरावादभन्दा अगाडि छ । यी दुईबीच २८ वटा आईपीएल खेल भएका छन् । जसमध्ये कोलकाताले १९ खेल जित्दा हैदरावादले ९ खेलमात्रै जितेको छ । यस स्टेडियममा दुई टोलिबीच १० पटक भिडन्त भएको छ । जसमा ७ खेल घरेलु टोलिले जित्दा ३ पटक हैदरावाद विजयी भएको छ ।

हैदरावादका हेड शीर्ष स्कोरर
ट्राभिस हेड एसआरएचका शीर्ष स्कोरर छन् । उनले यो सिजन ३ खेलमा १३६ रन बनाएका छन् । उनीपछि अनिकेत वर्मा दोस्रो र इशान किशन तेस्रो स्थानमा छन् । अनिकेतले ३ खेलमा २०५.२६ को स्ट्राइक रेटमा ११७ रन बनाएका छन् । यसअघिको खेलमा उनले दिल्ली क्यापिटल्सविरुद्ध ४१ बलमा ७४ रनको अर्धशतक खेलेका थिए ।

इशानले तीन खेलमा १०८ रन बनाएका छन् । आफ्नो पहिलो खेलमा उनले राजस्थान रोयल्सविरुद्ध ४७ बलमा १०६ रनको शतकीय पारी खेलेका थिए । बलिङमा हर्षल पटेल ३ विकेट लिएर शीर्ष स्थानमा छन् ।

डि कक उत्कृष्ट लयमा
केकेआरका शीर्ष स्कोरर क्विन्टन डी कक हुन् । उनले ३ खेलमा १०२ रन बनाएका छन् । दोस्रो खेलमा उनले राजस्थान रोयल्सविरुद्ध ६१ बलमा ९७ रनको अविजित पारी खेलेका थिए । उनीपछि टिमका कप्तान अजिंक्य रहाणेले ८५ रन बनाएका छन् ।

आफ्नो पहिलो खेलमा उनले आरसीबीविरुद्ध ३१ बलमा ५६ रनको अर्धशतक खेलेका थिए । बलिङमा वरुण चक्रवर्तीले ३ खेलमा ३ विकेट लिएका छन् ।

कस्तो छ पिच ?
इडेन गार्डेन रंगशालाको पिच ब्याटिङमैत्री छ । यस रंगशालामा हालसम्म ९४ आईपीएल खेल भइसकेका छन् । यहाँ पहिले ब्याटिङ गर्ने टोलीले ३८ खेल जितेका छन् भने पछ्याउने टोलीले ५६ खेल जितेका छन् ।

रेकर्ड हेर्दा टस जित्ने टोलीले पहिले बलिङ गर्ने निर्णय गर्न सक्छ । यस स्टेडियमको उच्चतम टोली स्कोर२६२–२ रहेको छ जुन गत वर्ष कोलकाता विरुद्ध पञ्जाब किंग्सले बनाएको थियो ।

आज कोलकाताको मौसम निकै तातो हुनेछ । दिनभर कडा घाम रहनेछ । पानी पर्ने सम्भावना छैन । यस दिन यहाँको तापक्रम २५ देखि ३६ डिग्रीको बीचमा रहने अनुमान गरिएको छ ।

दुबै टिमका सम्भावित सुरुवाती–१२
सनराइजर्स हैदरावादः प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, इशान किशन, नितिश कुमार रेड्डी, हेनरिक क्लासेन (विकेटकिपर), अनिकेत वर्मा, अभिनव मनोहर, जीशान अन्सारी, हर्षल पटेल, मोहम्मद शामी, एडम जाम्पा ।

कोलकाता नाइट राइडर्सः अजिंक्य रहाणे (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), सुनील नारायण, भेंकटेश अय्यर, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, स्पेन्सर जोन्सन, हर्षित राणा, वैभव अरोरा, वरुण चक्रवर्ती, अङ्क्रिश रघुवंशी ।