२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख प्रशासकीय अधिृकत गुरागाईंले गरे हाजिर



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले हाजिर गरेका छन् ।

गुरागाईंले तीन महिना १४ दिनपछि कार्यालय पुगेर हाजिर गरेका हुन् ।

उनी कार्यालय पुग्दा केहीबेर तनाव भएको थियो । मेयर बालेन शाहको निर्देशनमा महानगरको टोलीले उनलाई कार्यालय प्रवेश गर्न रोक लगाउने प्रयास गरेका थिए ।

गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास समेत गरेका थिए । तर, कर्मचारीहरूले उनलाई रोक्न नदिँदै र्काकक्षसम्म पुर्‍याए ।

गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा पठाइएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन थियो ।