२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंकर पोखरेलको स्टाटसमा सोविता गौतमको कटाक्ष– दिइन् यस्तो सुझाव



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा पोस्ट गरेको फोटोसहितको स्टाटसलाई लिएर कटाक्ष गरेकी छन् ।

महासचिव पोखरेलले तीनकुनेदेखि सल्लाघारीसम्म एमालेको भ्रातृ संस्था युवासँघले निकालेको मोटरसाइकल र्‍यालीको फोटो राख्दै स्टाटस लेखेका थिए ।

तर रास्वपा सांसद गौतमले त्यसमाथि प्रतिक्रिया दिँदै तीनकुने जस्तो संवेदनशील स्थानमा भीड जम्मा गर्नु कुनै पनि दृष्टिले उचित नहुने टिप्पणी गरेकी हुन् ।

उनले काठमाडौंलाई विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा पुर्‍याउन समेत मोटरसाइकल र्‍यालीले सहयोग पुगेको दाबी गरेकी छन् ।

सांसद गौतमले महासचिव पोखरेलाई के दिइन् त सुझाव–

Shankar Pokhrel कमरेड नमस्कार,

भिडको माहोल र मनोवृत्ति पूर्वानुमान गर्न सकिँदैन। १५ गते तीनकुनेमा भएको घटनाले भिड भड्किँदा कस्तो जोखिम आउन सक्छ भन्ने कुरा सबैलाई प्रष्ट सन्देश दिइसकेको छ। त्यसैले तीनकुने क्षेत्रमा भिड जम्मा गर्नु कुनै पनि दृष्टिकोणले उचित देखिएन कमरेड।

तीनकुने आफैंमा एक संवेदनशील सुरक्षा क्षेत्र हो — जहाँ केही सय मिटरको दूरीमा अन्तर्राष्ट्रिय विमानस्थल, आयल निगम (Aviation Fuel Depot), पेट्रोलपम्प र सञ्चारमाध्यमका कार्यालयहरू छन्। यस्तो स्थानमा थोरै मात्रको असावधानीले पनी ठूलो दुर्घटना निम्त्याउन सक्छ भन्ने कुरा दृष्टिगत भएकै हुनुपर्छ।

साथै, काठमाडौंलाई विश्वकै सबैभन्दा प्रदूषित शहर बनाउने दौडमा मोटरसाइकल र्यालीले पनी थप सहयोग पुर्याएको छ भन्ने महसुस भयो। सादर सुझाव छ—अर्को पटक यस्तै र्याली गर्नै हो भने साइकल र्याली गर्नुहोस् तर गौशाला देखी जडीबुटी क्षेत्र छोडेर।

तसर्थ भिड जम्मा हुने स्थान तय गर्दा कम्तिमा सुरक्षा, संवेदनशीलता र वातावरणीय चेतनालाई केही प्राथमिकता दिइयोस् भन्ने आग्रह गर्दछु।