७ भाद्र २०८३, आईतवार
,
Latest
सुनसरी–मोरङ सिँचाइलाई कृषि उत्पादन र रोजगारीसँग जोड्न मन्त्री श्रेष्ठको जोड प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान पहिरोले विभिन्न सडक अवरुद्ध गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा प्रदूषण खपिनसक्नु, भरिन थाले अस्पताल



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा एक सातायता अत्यन्त धेरै प्रदूषित भएको छ । यहाँको हावा निकै प्रदूषित बनेको हो । हावामा प्रदूषणको मात्रा बढेसँगै अस्पतालमा छाती, आँखा, नाक, कान र घाँटीका बिरामीको चाप पनि ५० प्रतिशतले बढेको चिकित्सकले बताएका छन् ।

चार दिनदेखि काठमाडौं उपत्यकाको वायु प्रदूषण २०१ देखि ३०० एक्यूआई (एयर क्वालिटी इन्डेक्स) को बीचमा छ । यो भनेको वायु प्रदूषणको ‘निकै अस्वस्थ’ तह हो । मंगलबार बिहान १०:४५ देखि ११:४५ मा काठमाडौंको वायु गुणस्तर ३०० एक्यूआई पुगेको थियो ।

३०१ देखि माथिलाई खतरनाक तह मानिन्छ । बुधबार पनि काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा छ । बुधबार राति ८ बजे काठमाडौंको वायु प्रदूषण २८७ एक्यूआई पुग्दा विश्वकै प्रदूषित सहर बनेको हो । चैत १७ (आइतबार) मा काठमाडौंको वायु गुणस्तर २११ र चैत १८ (सोमबार) मा २३२ एक्यूआई पुगेको थियो ।

प्रदूषणका कारण वृद्ध, श्वासप्रश्वासको समस्या भएका दीर्घरोगी र बालबालिकामा अहिले छातीको समस्या बढेको छ । छाती घ्यार–घ्यार गर्ने समस्या विशेषगरी बालबालिका, वृद्धसँगै सुगर, प्रेसर, मिर्गौला, मुटुसम्बन्धी दीर्घरोगीमा बढिरहेको छ । रोगसँग लड्ने क्षमता कम हुने बिरामीमा प्रदूषणले निमोनिया, सास फेर्न गाह्रो हुने र दम देखिने गरेको छ ।

वायु प्रदूषणले गरेर बिरामी भएको हो या होइन भन्ने ठोस रूपमा मापन गर्ने कुनै आधार नभए पनि अहिले भाइरल इन्फ्लुएन्जासँगै प्रदूषण मुख्य कारकका रूपमा देखिएको छ ।

देशकै राजधानी प्रदूषित बनिरहँदा सरकारसँग यसलाई तत्काल कम गर्ने कुनै उपाय भने छैन । वन क्षेत्रमा आगलागी, अन्नबाली अवशेषमा लागेको आगलागी, उपत्यकामा केही उद्योग, इँटाभट्टा र यातायात क्षेत्र, बाटो बिग्रेका कारण प्रदूषण बढेको हो । यो विगतदेखिकै समस्या हो । हावा राम्रोसँग चलेको छैन र पानी परेको छैन । यसले अझ प्रदूषण बढाएको हो ।

काठमाडौंको वायु लगातार प्रदूषित बनेपछि वातावरण विभागले बुधबार सूचना सार्वजनिक गर्दै घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न र प्रदूषण उच्च भएको समयमा घरबाहिर ननिस्कन अनुरोधसमेत गरेको छ । वृद्ध, बालबच्चा, दीर्घरोगी र गर्भवती महिलालाई सुरक्षित रहन सूचित गरेको छ । साथै प्रदूषण बढाउने गतिविधिसमेत नगर्न विभागले सूचनामा उल्लेख गरेको छ ।