९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा डेल रेको फाइनलमा रियल र बार्सिलोना भिड्ने, एट्लेटिको बाहिरियो



अ+ अ-

काठमाडौँ । बार्सिलोना स्पेनिस कप कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको दोस्रो लेगको खेलमा एट्लेटिको मड्रिडलाई १–० गोलले हराउँदै समग्रमा ५–४ को नतिजासहित बार्सिलोनाले फाइनलको टिकट काटेको हो ।

एट्लेटिकोको घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन एकमात्र निर्णायक गोल फेरान टोरेसले गरे । उनले खेलको २७ औं मिनेटमा गोल गरेका हुन् ।

अब बार्सिलोनाले उपाधिका लागि रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । मड्रिडले रियल सोसिडाडसँग ४–४ को बराबरी खेल्दै ५–४ को एग्रिगेटमा फाइनलमा स्थान बनाएको हो ।

फाइनल खेल अप्रिल २६ मा हुनेछ ।