२८ मंसिर २०८२, आईतवार
,
Latest
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीका उत्कृष्ट सहकारी सम्मानित



अ+ अ-

गुल्मी। गुल्मीका उत्कृष्ट चार सहकारी सम्मानित भएका छन् । जिल्ला सहकारी सङ्घ गुल्मीले आज अन्तरराष्ट्रिय सहकारी दिवसको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।

बहुउदेश्यीय सहकारीतर्फ मैत्री बहुउदेश्यीय सहकारी संस्था, महिला सहकारीतर्फ अमरकल्याण महिला विकास बहुउदेश्यीय सहकारी संस्था, बचत ऋण सहकारीतर्फ लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था र कृषि सहकारीतर्फ बाँसखर्क कृषि सहकारी संस्था सम्मानित भएका छन् ।

सम्मानित हुने सहकारीका अध्यक्ष र व्यवस्थापकलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्कीले सम्मानपत्रले प्रदान गर्नुभयो । विसं २०५७ मा स्थापना भएको मैत्री सहकारीमा हाल १४ हजारभन्दा बढी शेयर सदस्य छन् । हाल मैत्रीको शेयर पुँजी रु ५८ करोड छ, भने २० शाखा कार्यालय रहेका छन् ।

विसं २०६२ मा स्थापना भएको अमरकल्याण महिला सहकारीले हिंसा पीडित महिलाका लागि अल्पकालीन आश्रय उपलब्ध गराएको छ, भने सहकारीको आफ्नै भवन रहेको छ । विसं २०५० मा स्थापना भएको लेकाली स्वावलम्बन सहकारीमा हाल चार हजार ३९ शेयर सदस्य छन् । सहकारीमा हाल रु ६८ करोड बढीको कारोबार छ ।

कार्यक्रममा प्रदेशका अर्थमन्त्री कार्कीले सहरका ठूला सहकारीमा समस्या देखिए पनि गाउँका सहकारीमा समस्या नदेखिएको बताउनुभयो । सहकारीको ऋणले गाउँको जीवनस्तर नै परिवर्तन भएको उहाँको भनाइ थियो । प्रदेशसभा सदस्य डिल्लीराज भुसालले गाउँका सहकारी आयआर्जनको ठूलो माध्यम भएको बताउनुभयो । रासस