२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रकमा भेटिएको २५ करोडको मालिकको पहिचान खुल्यो



अ+ अ-

काठमाडौँ । काठमाडौँको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको विदेशी मुद्राको मालिकको पहिचान भएको छ ।

प्रहरीको इन्टिलिजेन्स र विज्ञ अनुसन्धानले शंका गरिएका व्यक्ति पत्ता लगाएका हुन् ।

प्रहरीका अुनसार उक्त व्यक्ति सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेल रहेको खुलेको छ ।

चैत ६ गते २५ करोड रुपैयाँ भन्दा बढी रकमसहित ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।