२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँदे अधिवेशन नियन्त्रणमुखी भयोः रास्वपा सांसद गौतम



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदको हिउँदे अधिवेशन नियन्त्रणमुखी भएको आरोप लगाउनुभएको छ ।

मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले रास्वपाको बुझाइमा चुनौतिपूर्ण र नियन्त्रणमुखी रहेको आरोप लगाउनु भयो । उहाँले कानून निर्माणका केही प्रक्रियाहरु संसदीय अभ्यासमा स्वभाविक रुपमा अलिकति अगाडि बढेको महशुस आफूहरुले गरेको बताउनु भयो । उहाँले रास्वपा सभापति रवि लामिछानेमाथिको निलम्वनको प्रक्रियालाई लिएर नियन्त्रणमुखी महशुस गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो अधिवेशन हाम्रो बुझाइमा अत्यन्तै चुनौतिपूर्ण हामीले देख्यौँ । कानून निर्माणका केही प्रक्रियाहरु संसदीय अभ्यासमा स्वभाविक रुपमा अलिकति अगाडि बढेको महशुस भयो । अन्यथा धेरै विषयहरु अलि नियन्त्रणमुखी ढंगबाट प्रश्तुत भए भन्ने बुझाइ छ । हाम्रो पार्टी सभापति रवि लामिछानेमाथिको निलम्वनको प्रक्रिया हामीले अलिकति नियन्त्रण महशुस गरिरहेका हौँ । त्यसकारण संसदको गएको अधिवेशन अभ्यासका हिसावले निकै चुनौतिपूर्ण, नियन्त्रणमुखी भएको महशुस गरेका छौँ ।’

उहाँले नेपालमा सबै विषयवस्तुलाई राजनीतिक दृष्टिकोणबाट हेर्ने गरिएकोप्रति आपत्ति जनाउनु भयो ।