९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलको पैसाले आफ्ना आमाबुबालाई घर उपहार दिँदैछन् प्रियान्श



अ+ अ-

एजेन्सी । पञ्जाब किंग्सका प्रियांश आर्यले आईपीएल मेगा लिलामी २०२४ मा प्राप्त रकमबाट आफ्ना आमाबुवालाई दिल्लीमा एउटा घर उपहार दिन लागेका छन् ।

उनका बाबुआमा सरकारी घरमा बस्छन् । दिल्लीमा उनको आफ्नै घर छैन । यो जानकारी प्रियांशका प्रशिक्षक सञ्जय भारद्वाजले दिएका छन्, जो भारतीय टोलीका प्रशिक्षक गौतम गम्भीरका प्रशिक्षक रहेका थिए ।

प्रियांशलाई पञ्जाबले ३ करोड ८० लाख भारुमा किनेको थियो । २४ वर्षीय प्रियांशले मार्च २५ मा गुजरात टाइटन्सविरुद्ध अहमदाबादमा आफ्नो आईपीएल डेब्यू गरेका थिए ।

प्रियांश सोमबार एकना स्टेडियममा लखनउ सुपर जाइन्ट्स विरुद्धको खेलमा पञ्जाब टोलीको हिस्सा हुनेछन् ।

प्रियांश २०२३ को लिलामीमा बिक्री भएनन् । ३० लाखको आधार मूल्यमा पनि उनलाई कसैले किनेन । त्यसबेला प्रियांशलाई दुःख लागेको थियो । २ दिन उनी उदास रहे । त्यसपछि उनले तयारी सुरु गरे ।

सन् २०२० को अन्डर–१९ विश्वकपमा छनोट हुन नसकेपछि उनी निकै दुःखी देखिएका थिए । उनी दिल्लीका एकमात्र खेलाडी हुन् जो सम्भावितको सूचीमा परेका थिए तर छनोट भएनन् ।

उनको विशेषता भनेको छनोट भएनन् भने एक–दुई दिन दुःखी रहन्छन् र दोब्बर मेहनत गरेर अभ्यास गर्न थाल्छन् ।

सञ्जयले दिल्ली प्रिमियर लिगको एउटा घटना सुनाउँछन्– ‘डीपीएलको समयमा, मलाई प्रियांशको फोन आयो र अरुण जेटली स्टेडियममा खेल हेर्नको लागि उनले बोलाए । मैले भने, त्यो खेलमा तिमीले शतक बनाएपछि मात्र आउँछु । म त्यो खेल हेर्न गएँ । उक्त खेलमा साउथ दिल्ली सुपरस्टार्सका लागि प्रियांशले शतक प्रहार गरेका थिए । उनले उत्तर दिल्लीका बलर मनन भारद्वाजको एक ओभरका सबै ६ बलमा छक्का समेत प्रहार गरे ।’