२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्र शाहले जनताको घर जलाउन पठाएः एमाले सांसद भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले पुर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाउनुभएको छ ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेको भन्दै उहाँलाई दिएको सेवा सुविधा कटौति गर्नेबारे सोच्नुपर्ने बताउनु भयो । उहाँले पूर्वराजाले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेकोले उहाँलाई दिइएको सेवा सुविधा कायम रहन्छ कि रहँदैन?भन्दै प्रश्न गर्दै सरकारसँग जवाफ माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पूर्वराजा शाहलाई सरकार पूर्वराष्ट्राध्यक्षको हिसावले यो राज्यले सेवा सम्मान दिन्छ भनेर दिएको हो । आज त्यो सम्झौता पनि ज्ञानेन्द्र शाहले भंग गर्नुभयो । त्यसैले आज म यो संसदमार्फत प्रश्न गर्न चाहन्छु । सम्झौता भंग भएपछि उहाँलाई दिएको सेवा सुविधा कायम हुन्छ कि हुदैन ? म सरकरालाई सोध्न चाहान्छु । उहाँले सम्झौता भंग गर्नुभयो । उहाँले लफंगाहरुलाई जनकमाण्डर बनायो । तीनकुनेमा ताण्डव नृत्य नचाउन पठाउनु भयो । म फेरि भन्छु । निर्मल निवासबाट लफंगाहरुलाई माला लगाएर जनताको घर जलाउन पठाउनु भयो । तपाईको सम्झौता भंग भयो । त्यसैले तपाईलाई दिइएको सेवासुविधा के हुन्छ?सरकारले जवाफ दिनुपर्यो ।’

उहाँले पृथ्बीनारायण शाह र बहादुर शाह बाहेकका राजाले राष्ट्र जोगाउने काम गर्न नसकेको बताउनु भयो । उहाँले नेपालको सीमाना कहाँ थियो आज कहाँ छ ?भन्दै प्रश्न गर्नुभयो ।