५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखक तथा कूटनीतिज्ञ कमल कोइरालाको निधन



अ+ अ-

काठमाडौं । लेखक तथा कुटनीतिज्ञ कमल कोइरालाको आज निधन भएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा उनको मृत्यु भएको हो । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सामाजिक सञ्जालमार्फत् कमल कोइरालाको निधन भएको पुष्टि गर्नुभएको छ ।

कोइरालाको शव श्रद्धाञ्जलीका लागि भोलि बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा राखिने पत्रकार किशोर श्रेष्ठले जानकारी दिए ।

कोइरालालाई केही दिनअघि पक्षघात भएपछि अस्पताल भर्ना गरिएको थियो । बानेश्वरस्थित आफ्नै निवासमा ढलेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

कोइरालाको शरीर पूर्ण रूपमा प्यारालाइज्ड भएको थियो । उनलाई छोरी र ज्वाइँले केएमसी अस्पताल पुर्‍याएका थिए । अस्पतालको इमर्जेन्सीमा चेकजाँच पश्चात् आइसीयूमा राखेर उपचार गरिएको थियो ।

कमल कोइराला भूतपूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा र बिपी कोइराला भतिज हुन् । उनी नेपालका लागि कोरियाका राजदूत बनेका थिए । लामो समयदेखि उनी लेखन कार्यमा सक्रिय छन् ।

कोइराला अमेरिका जाने तयारीमा थिए । अमेरिकामा उनका छोरा छन् ।