काठमाडौँ । नेपाल संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल रिहा भएका छन् ।
आफ्नै ल फर्मबाट पक्राउ नेपाललाई म्याद थप नगरी रिहा गरिएको हो ।
राजावादी आन्दोलनपछि उनी पक्राउ परेका थिए । प्रदर्शन भएको दिन उनी एलएलएमको परीक्षामा सामेल थिए ।
शुक्रबारको प्रदर्शन उत्तेजक बनाउनमा उनको कुनै भूमिका नदेखिएकाले उनी छुटेको प्रहरीले जनाएको छ ।