३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.22

Wind: 1.54

Humidity: 60

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरेशका दाईले भने– पोस्टमार्टम भएको छैन, सरकारले माग पूरा नगरेसम्म कुनै प्रक्रिया अगाडि बढ्नेछैन



अ+ अ-

काठमाडौँ । तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकका दाई रमेश रजकले सरकारसमक्ष प्रस्तुत गरेका माग पूरा नभएसम्म कुनै पनि प्रक्रिया अघि नबढाउने बताएका छन् ।

आफ्नो भाईको मृत शरीर टिचिङ अस्पतालमा रहेको र पोस्टमार्टम अझै नभएको जानकारी गराउँदै आफ्ना मागहरु सम्बोधन नभएसम्म प्रक्रिया अगाडि नबढ्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – नमस्कार सबै जनालाई  !
म रमेश रजक, तिनकुने घटना मा मृत्यु भएको सुरेश रजक को दाई । मेरो भाईको शव अहिले टिचिङ अस्पतालमा रहेको र पोस्टमार्टम अझै नभएको सबै माझ जानकारी गराउन चाहन्छु ।

सरकार समक्ष प्रस्तुत गरेका माग पूरा नभएसम्म कुनै पनि प्रतिक्रिया अघि बढाउने छैनौं । धन्यवाद ।

शुक्रबार राजावादीको प्रदर्शनका क्रममा सुरेशले ज्यान गुमाएका थिए । तिनकुनेस्थित एक भवनमा क्यामेरामा प्रदर्शनको भिडियो–तस्बिर खिचिरहेका उनको आगजनीमा परी जलेर दुखद निधन भएको थियो ।