२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरेशका दाईले भने– पोस्टमार्टम भएको छैन, सरकारले माग पूरा नगरेसम्म कुनै प्रक्रिया अगाडि बढ्नेछैन



अ+ अ-

काठमाडौँ । तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकका दाई रमेश रजकले सरकारसमक्ष प्रस्तुत गरेका माग पूरा नभएसम्म कुनै पनि प्रक्रिया अघि नबढाउने बताएका छन् ।

आफ्नो भाईको मृत शरीर टिचिङ अस्पतालमा रहेको र पोस्टमार्टम अझै नभएको जानकारी गराउँदै आफ्ना मागहरु सम्बोधन नभएसम्म प्रक्रिया अगाडि नबढ्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – नमस्कार सबै जनालाई  !
म रमेश रजक, तिनकुने घटना मा मृत्यु भएको सुरेश रजक को दाई । मेरो भाईको शव अहिले टिचिङ अस्पतालमा रहेको र पोस्टमार्टम अझै नभएको सबै माझ जानकारी गराउन चाहन्छु ।

सरकार समक्ष प्रस्तुत गरेका माग पूरा नभएसम्म कुनै पनि प्रतिक्रिया अघि बढाउने छैनौं । धन्यवाद ।

शुक्रबार राजावादीको प्रदर्शनका क्रममा सुरेशले ज्यान गुमाएका थिए । तिनकुनेस्थित एक भवनमा क्यामेरामा प्रदर्शनको भिडियो–तस्बिर खिचिरहेका उनको आगजनीमा परी जलेर दुखद निधन भएको थियो ।