२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.56

Wind: 1.54

Humidity: 31

तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरामा केबलकारः सर्वोच्चले दुबै पक्षलाई छलफलमा बोलायो



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा निर्माणाधिन केबलकार लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न आदेश दिएको हो ।

गत बुधबार न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न २६ चैतमा दुवै पक्षलाई बोलाएको छ ।