१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’

नेपाली पत्रकारिताबारे समालोचनात्मक पुस्तक ‘ग्लोबल पर्सपेक्टिभस् अन जोर्नालिज्म इन नेपाल’ प्रकाशित (भिडियोसहित)

नेपाली पत्रकारिताबारे समालोचनात्मक पुस्तक ‘ग्लोबल पर्सपेक्टिभस् अन जोर्नालिज्म इन नेपाल’ प्रकाशित (भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । नेपाली पत्रकारितासम्बन्धि अनुसन्धानमा आधारित पुस्तक ‘ग्लोबल पर्सपेक्टिभस् अन जोर्नालिज्म इन नेपाल’ प्रकाशित भएको छ । नेपाल भित्र र बाहिर रहेका २१ जना पत्रकारिता-सञ्चार अध्येताहरुको लेखनलाई समेटेर तयार पारिएको सो पुस्तक बेलायतको ख्याती प्राप्त प्रकाशन गृह राउटलेजले प्रकाशित गरेको हो ।

नेपालको पत्रकारिता क्षेत्रबारे जान्न खोज्ने विश्वका अध्येताहरुलाई पनि सो पुस्तक उपयोगी हुने सहप्राध्यापक डा. कुन्दन अर्यालले बताउनु भयो । उहाँले नेपालीपन सहितको नेपाली मिडिया र सोसाईटीलाई विश्लेषण गरेर विश्व दृष्टिकोणसहित पुस्तक तयार पारिएको उहाँले बताउनु भयो । नेपालको मिडियासम्बन्धि रिसर्च परम्परालाई पनि पुस्तकले  सहप्राध्यापक डा. अर्यालले भन्नु भयो,  ‘ खासगरी मिडिया रिसर्च परम्परालाई अगाडि बढाउने एउटा महत्वपूर्ण घटना पनि हो यो । यसले हामी सबैलाई उत्साहित पनि बनाएको छ । नेपाली मिडियाको रिसर्च विस्तारै अगाडि आउँदै थियो । नेपालीपनसहितको नेपाली मिडिया र सोसाईटीलाई एनालाईज गरेर अन्तराष्ट्रिय लेन्सबाट यो पुस्तकलाई हेरिएको छ ।’

नेपालको मिडिया इन्डष्ट्रिबारे जान्न चाहनेलाई पनि सो पुस्तक उपयोगी हुने आमसञ्चार अध्येता लक्ष्मण हुँमागाईले बताउनु भयो । नेपाल विज्ञापन बोर्डका अध्यक्ष समेत रहनु भएका उहाँले पुस्तकमा नेपाली मिडियालाई व्यवसायिक रुपमा अघि बढाउन र त्यसमा गरिएको लगानीलाई खेर जान नदिन एउटै छुट्टै स्वायत्त नियमनकारी निकायको जरुरी भएको कुरालाई पनि औंल्याइएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘एउटा इन्डिपेन्डेन्ट नियमक निकाय बनाउन र त्यसबाट मिडियोको रेगुलेट ग¥यौं भने अहिलेको समस्याको समाधान पनि गर्न सकिन्छ । र प्रोफेशनल स्ट्यान्डर्ड पनि बढाउन सकिन्छ । त्यदि त्यसो गरिएन भने मिडिया इन्डष्ट्रिमा गरिएको लगानी पनि खेर जाने र प्रोफेसनालिज्म पनि कायम राख्न नसक्ने भन्ने निष्कर्ष पुस्तकमा छ । समग्रमा यो किताव हेर्ने हो भने यसले नेपाल भित्र त निश्चित रुपमा चर्चा पाउला । तर त्यो भन्दा पनि बढि चर्चा नेपाली मिडियालाई हेर्ने अन्तराष्ट्रिय बारेमा अध्ययन गर्न जुन ग्याप थियो, त्यसलाई भने यसले फुलफिल गर्छ भन्ने मलाई लागेको छ ।’

पुस्तक भित्र चार खण्डमा १८ परिच्छेदहरु समेटिएका छन् । व्यवसायिक दृष्टिकोण शीर्षकको पहिलो खण्डमा एक्काईसौं शताब्दीमा नेपाली पत्रकारिता र दृष्टिकोण डा. भानुभक्त आचार्य र डा. श्याम शर्मा, मिडियाको जवाफदेही संयन्त्रका रुपमा प्रेस काउन्सिल नेपाल डा. भानुभक्त आचार्य, श्रीमन शर्मा र डा. समीक्षा कोइराला, प्रशारण माध्याममा नीतिगत सुधार लक्ष्मण हुँमागाई र डा. तुलसी आचार्य, विदेशबाट सञ्चालित नेपाली अनलाईन मिडियाको दीगोपना र व्यवसायिक विकास भगीरथ योगी र डा. जगन कार्की र नेपाली समाचार कक्षमा डिजिटल रुपान्तरण प्राध्यापक रामकृष्ण रेग्मी समावेश गरिएको छ । त्यसैगरी प्राज्ञिक दृष्टिकोण, सामाजिक–राजनीतिक दृष्टिकोण, प्राविधिक दृष्टिकोण पनि पुस्तकमा समावेश गरिएको छ ।

अढाई वर्ष लामो गहन र सामूहिक मेहनतपछि प्रकाशित सो पुस्तक मिडिया अध्येताद्धय डा. भानुभक्त आचार्य र डा. श्याम शर्माले सम्पादन गर्नु भएको हो । ३४२ पृष्ठ रहेको पुस्तक नेपालको पत्रकारिताको बस्तुस्थितिलाई विश्वमा परिचित गराउन महत्वपूर्ण सन्दर्भ सामग्री हुने विश्वास गरिएको छ ।