६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानादेखि गगनचुम्बी भवन बनाउन बाटो खुल्यो



अ+ अ-

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ ।
साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्डलाई समावेश गरेर राष्ट्रिय भवन संहितालाई अद्यावधिक गरिएसँगै त्यस्तो बाटो खुलेको हो ।

हाल राष्ट्रिय भवन संहिता १०५ः१९९४ कार्यान्वयनमा रहेकामा मन्त्रिपरिषद् बैठकले अद्यावधिक राष्ट्रिय भवन संहिता १०५ः२०२० लाई स्वीकृत गरेसँगै अब नयाँ मापदण्डसहितको संहिता कार्यान्वयनमा आउनेछ ।

नेपालमा २०७२ सालमा गएको भूकम्प, विगत २५ वर्षमा विश्वका विभिन्न देशमा गएका भूकम्प, विभिन्न मुलुकमा प्रचलित भवन संहिता तथा यस सम्बन्धमा गरिएका विभिन्न नयाँ अनुसन्धान, प्रविधि र ज्ञानको विकासका आधारमा भूकम्प प्रतिरोधी सुरक्षित भवन निर्माण गर्न भवन संहिता अद्यावधिक गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

अद्यावधिक राष्ट्रिय भवन संहिता मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कतिपय अवस्थामा भारतीय संहितामा भर पर्नुपर्ने अवस्था अन्त्य भएको छ । सहरी विकास मन्त्रालय सहरी विकास आवास भवन महाशाखाका प्रमुख सहसचिव नवराज प्याकुरेलले अद्यावधिक गरिएको भवन संहिताका आधारमा सबै खालका भवनको डिजाइन गर्न सकिने बताएका छन् ।

भवन संहिताको प्रमुख उद्देश्य विभिन्न किसिमका निर्माण सामग्री प्रयोग हुने गरी सानादेखि गगनचुम्बी भवनहरूलाई भूकम्प प्रतिरोधी बनाउन गर्नुपर्ने इन्जिनियरिङ डिजाइनका लागि आवश्यक प्रक्रिया र मापदण्डहरू प्रदान गर्नु रहेको संहिताको सारसंक्षेपमा उल्लेख छ ।

यस संहिताले स्थापित इन्जिनियरिङ मान्यता र सिद्धान्तअनुरूप भूकम्प प्रतिरोधी भवनको विश्लेषण र डिजाइन विधिलाई मार्गदर्शन गर्ने उल्लेख गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ९भवन०का स्ट्रक्चरल इन्जिनियर विपिनकुमार गौतमले अद्यावधिक संहितामा नेपाललगायत यस क्षेत्र वरिपरिको भूकम्पीय जोखिम विश्लेषण गरी त्यसका आधारमा भूकम्पीय जोखिम जोनिङ नक्सा तयार गरेर त्यसका आधारमा ठाउँअनुसारको फरक फरक मानक राखिएको जनाएका छन् ।

योसंहिता प्रयोग गरी जस्तोसुकै प्रविधि र सामग्री प्रयोग गरी बनाइने संरचनाहरूलाई भूकम्प प्रतिरोधी बनाउन सकिने उनको भनाइ छ ।

यस्तै, संरचनाको प्रयोग र महत्वका आधारमा सुरक्षित बनाउन फरक फरक मानक पनि दिइएको जनाइएको छ । संहिताले नयाँ प्रविधि र विधिलाई प्रयोग गर्न बाटो खुला गरेको प्राधिकरणले जनाएको छ ।

अद्यावधिक संहिताको अनुसूचीमा स्टिल र ढलानवाला घरलाई भूकम्प प्रतिरोधी बनाउन चाहिने विस्तृत विवरण समावेश गरिएको छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।