३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

विश्वका ५ खतरनाक पुलहरु जसमा यात्रा गर्दा शरीर काँप्छ

विश्वका ५ खतरनाक पुलहरु जसमा यात्रा गर्दा शरीर काँप्छ
अ+ अ-

एजेन्सी । संसारमा यस्ता धेरै पुलहरू छन् जुन आफ्नो सुन्दरता र अद्भुत इन्जिनियरिङका लागि परिचित छन् । यी पुलहरूले यातायातलाई मात्र होइन वास्तुकलाको उत्कृष्ट उदाहरणहरू पनि प्रदान गर्दछ ।

तर कतिपय पुलहरु यस्ता छन् जसले आफ्नो खतरनाक डिजाइनका कारण मानिसको मनमा आतंक मच्चाउँछन् । यी पुलहरूमा हिड्नु कुनै रोमाञ्चक भन्दा कम छैन ।

१. हुसैनी ह्याङ्गिङ ब्रिज, पाकिस्तान


हुसैनी ह्याङ्गिङ ब्रिजलाई विश्वकै खतरनाक पुलमध्ये एक मानिन्छ । यो पुल पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रमा अवस्थित छ । यो पुल डोरीले बनेको छ र यसमा हिड्नु पर्ने हुन्छ, जुन निकै गाह्रो काम हो । कमजोर मुटु भएकाहरूका लागि यो निकै खतरनाक हुन सक्छ ।

२. केरिक–ए–रेड रोप ब्रिज, बेलायत


केरिक–ए–रेड रोप ब्रिज उत्तरी आयरल्याण्डमा बनेको प्रसिद्ध डोरी पुल हो । यो पुल २० मिटर लामो छ र तलको चट्टानभन्दा ३० मिटर माथि छ । यो पुलले विश्वभरबाट लाखौं पर्यटकहरूलाई आकर्षित गर्दछ ।

३. ट्रिफ्ट ब्रिज, स्वीट्जरल्यान्ड


ट्रिफ्ट ब्रिज विश्वको सबैभन्दा खतरनाक पुलमध्ये एक हो । यो पुल करिब १०० मिटर अग्लो र १७० मिटर लामो छ । समुन्द्री सतहबाट ३ हजार मिटरको उचाइमा बनेको यस पुलबाट हिमनदीलाई नजिकबाट देख्न सकिन्छ ।

४. लिभिङ रूट ब्रिज, भारत


लिभिङ रूट ब्रिजहरू मेघालयमा अवस्थित छन् र भारतको सबैभन्दा खतरनाक पुलहरू मध्ये एक हो । रुखको जराबाट बनेका यी पुलहरू निकै सुन्दर देखिन्छन् तर त्यसमाथि हिड्नु निकै खतरनाक हुन्छ ।

५. घासाको झलुङ्गे पुल, नेपाल


घासाको झलुङ्गे पुल नेपालमा बनेको डरलाग्दो पुल हो । यो पुल तल नदीबाट धेरै उचाइमा अवस्थित छ र धेरै साँघुरो छ । यो पुलमा हिड्नु खतरनाक भन्दा कम छैन ।