८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

28.27°C

काठमाडौं

28.27°C

Kathmandu

Feels-like: 27.83

Wind: 2.57

Humidity: 39

Latest
आईपीएलमा आज कोलकाता र गुजरात भिड्दै, यस्तो छ हेड-टु-हेड जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा एक लाख ९१ हजार पुग्यो गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास कालीकोटमा ट्र्याक्टर दुर्घटना: चालकसहित चार जनाको मृत्यु काठमाडौंमा शिक्षकहरुको प्रदर्शन जारी हिमाली याक चौँरीपालन सङ्कटमा पाथीभरा दुर्घटनामा निधन भएका सबैको सनाखत, घाइतेलाई काठमाडौं ल्याइँदै सिंहदरबारभित्रै राप्रपाले कसरी सरकारलाई छक्यायो ? ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु



symbolic picture
अ+ अ-

बागमती । मकवानपुरको राक्सिराङ गाउँपालिका–४ जैसिङतालस्थित करङभिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

पैदल हिँडिरहेको अवस्थामा अचानक भिडबाट लडेर पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ ठूलोदेवली निवासी ४२ वर्षीय राजकपुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

सडक छेउमा रहेको भिडबाट ७० मिटर तल लडेर गम्भीर घाइते हुनुभएका चौधरीको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।