१६ भाद्र २०८३, मंगलवार
,
Latest
पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा कवाड व्यवसायीमाथि रड प्रहार, पाँच जना प्रहरी नियन्त्रणमा



अ+ अ-

जनकपुरधाम । कवाड व्यवसायी मुकेश यादवमाथि निर्ममतापूर्वक रड प्रहार गरी एक समूहले कुटपिट गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका ९ पिडारी चोकमा ३७ वर्षीय व्यवसायी यादवमाथि फलामका रड प्रहार गरी सामूहिक आक्रमण भएको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका यादवलाई जनकपुरधाममा उपचार सम्भव नभएपछि थप उपचारका ललितपुरको बी एण्ड बी अस्पतालमा लगिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुरर सिंहले जानकारी दिए ।

शनिवार दिउँसो व्यावसायकै विषयमा छलफलको क्रममा विवाद भएपछि उनीमाथि आक्रमण भएको खुलेको डिएसपी सिंहले बताए । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १३ पीडारीका ४८ वर्षीय फेकु साह, १९ वर्षीय अमित साह, २४ वर्षीय तुल्सी साह, १९ वर्षीय सुभाष साह र भारत बिहारको सितामढी विष्णुपुर ३ बस्ने १७ वर्षीय विकास कुमार साह रहेका छन् ।

यसबारे थप अनुसन्धान भईरहेको डिएसपी सिंहले जानकारी दिए ।