७ भाद्र २०८३, आईतवार
,
Latest
आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ भारतका केएस भरतले काठमाडौँबाट एनपिएल खेल्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल पार्टी कार्यकर्तालाई रविको निर्देशन–पुराना दलहरुसँग ३५ वर्षको हिसाव माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको… जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः गगन थापा सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा महिलाको शव फेला



अ+ अ-

पर्सा । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक महिलाको शव फेला परेको छ ।

शनिवार बिहान फेला परेको मृतकको पहिचान वीरगञ्ज वडा नम्बर ४, नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अनसुइया अग्रवालको रूपमा भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ । प्रहरीकाअनुसार अग्रवालको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउको छेउमा घाउ देखिएको र घटनास्थलको अवलोकनबाट कुनै जंगली जनावरको आक्रमण वा लडेर घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।

मृतकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान शुरु गरेको जनाएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार शनिवार बिहानै शव देखिएपछि इलाकामा त्रास फैलिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ताले भन्नुभयो, ‘शवको अवस्था हेर्दा विभिन्न सम्भावना देखिन्छ, तर शव परीक्षणको रिपोर्ट आएपछि मात्र यथार्थ कारण खुल्नेछ ।’

प्रहरीले घटनाको अनुसन्धानलाई तिब्रता दिएको र आसपासका क्षेत्रमा सोधपुछ तथा प्रमाण संकलन गरिरहेको बताएको छ ।