२८ चैत्र २०८१, बिहीबार
April 10, 2025 Thursday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 15.46

Wind: 1.54

Humidity: 100

Latest
पछि हटे ट्रम्प, भन्सार शुल्क लगाउने निर्णय ९० दिनका लागि स्थगित बिम्स्टेकको तेस्रो  कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न २७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान जनताको सेवामा थप प्रभावकारी काम गर्न सरकार लागिपरेको छ : मन्त्री गुरुङ च्याम्पियन्स लिगः डर्टमण्डमाथि बार्सिलोनाको सहज जित, पिएसजीले एस्टन भिल्लालाई हरायो यस्तो छ आजको विनिमय दर काठमाडौं उपत्यकामा चट्याङ र हावाहुरीसहित वर्षा रास्वपाको केन्द्रीय सचिवालय बैठक बिहीबार पुनः बस्ने शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल संक्रमणकालीन न्यायसम्बन्धी आयोग : पदाधिकारीका लागि निवेदन दिन १० दिनको समय
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा महिलाको शव फेला



अ+ अ-

पर्सा । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक महिलाको शव फेला परेको छ ।

शनिवार बिहान फेला परेको मृतकको पहिचान वीरगञ्ज वडा नम्बर ४, नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अनसुइया अग्रवालको रूपमा भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ । प्रहरीकाअनुसार अग्रवालको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउको छेउमा घाउ देखिएको र घटनास्थलको अवलोकनबाट कुनै जंगली जनावरको आक्रमण वा लडेर घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।

मृतकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान शुरु गरेको जनाएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार शनिवार बिहानै शव देखिएपछि इलाकामा त्रास फैलिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ताले भन्नुभयो, ‘शवको अवस्था हेर्दा विभिन्न सम्भावना देखिन्छ, तर शव परीक्षणको रिपोर्ट आएपछि मात्र यथार्थ कारण खुल्नेछ ।’

प्रहरीले घटनाको अनुसन्धानलाई तिब्रता दिएको र आसपासका क्षेत्रमा सोधपुछ तथा प्रमाण संकलन गरिरहेको बताएको छ ।