१२ श्रावण २०८३, मंगलवार
,
Latest
चिकित्सक र स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह ग्यास उद्योग निरीक्षण गर्दै मन्त्री यादवले भनिन्–घरायसी प्रयोजनलाई प्राथमिकता दिनू निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादीको षड्यन्त्र समाजवादी मोर्चाले असफल पार्योः अध्यक्ष दाहाल



photo: rss
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजावादीहरुको षड्यन्त्र समाजवादी मोर्चाले असफल पारेको दाबी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । समाजवादी मोर्चाले ठूलो जनसमुदायबीच विरोध सभा नगरेको भए राजावादीहरुले ठूला आपराधिक घटना गराउने दाबी गर्नुभयो ।

उहाँले आफूले राजावादीहरुले ठूला घटना गराउने योजना बनाएको सूचना पाएको दाबी गर्नुभयो । उहाँले राजावादीहरुलाई आततायी र विवेक शुन्य तत्वको संज्ञा दिँदै विगतमा निरंकुस राजतन्त्र सत्तामा हुँदा प्रेसलाई अंकुस लगाउने काम गरेको भन्दै राजावादीहरुको आक्रमणको निशाना पनि प्रेस नै भएको जिकिर गर्नुभयो । सत्य सूचना प्रवाह गरी अग्रगमन र स्थिरताको चेतना फैलाउने प्रेस जगत प्रतिगामी तत्वसँग सचेत बन्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘निरंकुश राजावादी तत्वहरुले तीनकुनेमा एउटा आततायी र विवेक शुन्य आपराधिक घटनाहरु घटाउँदै थिए र नेपालको इतिहासमा क्रान्ति र प्रतिक्रान्ति अग्रमण र पश्चगमन फेरि एकचोटी नयाँ सन्दर्भसहित आपसमा टकराइ रहेका थिए । मैले आज बिहान धेरै मानिसहरुले मलाई सम्पर्क गरेर भन्नुभयो, तीनकुनेका जनताले पनि देशभर हजारौँको संख्यामा जनतालाई नउतारेको भए, लोकतन्त्र र गणतन्त्रप्रतिको आफ्नो कमिटमेन्टलाई नगरेको भए त्यतिमात्रै होइन अझ ठुला घटना घटाएर देशमा एउटा प्रतिक्रान्तिलाई त्यसको पराकाष्ठामा पुर्याउने षड्यन्त्र थियो ।

धेरैको ज्यान बच्यो, धेरै धनजनको क्षति हुनबाट पनि बच्यो । दुई जनाको ज्यान गयो, थुप्रै गाडीहरु घरहरु जलाइए । संघ संस्थाका कार्यालय, पार्टीका कार्यालय जलाइए । तर मलाई जनताले भनेको कुरा बुद्धिजीवीहरुले भनेको कुरा यदि समाजवादी मोर्चाले त्यो स्तरको गणतान्त्रिक शक्तिले त्यो स्तरको प्रदर्शन नगरेको भए आततायीहरुको योजना र रणनीति यो भन्दा भयानक थियो । त्यस्लाई रोक्यो भन्नुभएको छ भन्ने कुरा तपाईहरुसँग राख्न चाहन्छु । हिजोको विवेक शुन्य अपराधमा परेर एक जना पत्रकार सुरेश रजकको हत्या भयो घरभित्रै जलाएर हत्या गरियो ।

हिजो निरञ्कुस सत्ता हुँदा प्रेसमाथि अञ्कुस लगाउने उनीहरुको ध्यान हुन्थ्यो । आक्रमणको निशाना प्रेस नै हुन्थ्यो । हिजो राजावादी भन्नेहरुको आक्रमणको निसाना प्रेस नै थियो जसले सत्य तथ्य समाचार समाचार संप्रेसन गरेर जनतामा एउटा नयाँ चेतना अग्रगमन, शान्ति, विकास र स्थिरताको समृद्धिको चेतना फैल्याउँछ त्यही नै निरञ्कुसतावादीको सामन्ती तत्वहरुको निशाना हुने गर्छ हिजोको घटनाले पनि त्यस्लाई प्रष्ट पारेको छ ।’

अध्यक्ष दाहालले गणतन्त्रवादी दलहरुकाले लोकतन्त्रप्रतिको प्रतिवद्धता र संकल्प स्थापित गर्नका लागि ठूलो संख्याको जनसमुदायबीच विरोध सभा गरेर उदाहरण प्रश्तुत गरेको जिकिर गर्नुभयो । गणतन्त्रमाथि प्रहार भइरहेका बेलामा सरकारमा रहेका दलहरुले आफ्नो क्रियाकलाप सच्याएर गणतन्त्र बलियो बनाउने कार्यमा लाग्नुपर्ने उहाँको भनाइ छ ।