७ भाद्र २०८३, आईतवार
,
Latest
आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ भारतका केएस भरतले काठमाडौँबाट एनपिएल खेल्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल पार्टी कार्यकर्तालाई रविको निर्देशन–पुराना दलहरुसँग ३५ वर्षको हिसाव माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको… जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः गगन थापा सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुनेबाट भागेर कहाँ पुगेका थिए दुर्गा प्रसाईं ?



फाईल फोटो
अ+ अ-

काठमाडौँ । तीनकुनेमा भएको हिंस्रक राजावादी प्रदर्शनपछि फरार दुर्गा प्रसाईं इमाडोलमा रहेको एक धर्मगुरुको घरमा बसेको खुलेको छ ।

प्रहरीका अनुसार विवादास्पद धर्मगुरु पुष्कर खतिवडाको घरमा उनी केही समय बसेको पाइएको हो ।

इमाडोलबाट खतिवडालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेर ल्याएको थियो । त्यसक्रममा खतिवडाले प्रसाईं प्रदर्शनपछि आफ्नो घरमा आएको बयान दिएका हुन् ।

त्यसपछि उनी घरबाट निस्किएको उनले बताएका छन् ।
खतिवडा शुक्रबार भएको प्रदर्शनमा भिडलाई उत्तेजित बनाउने कार्यमा संलग्न थिए । उनले प्रहरीलाई ढुंगा हान्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

शुक्रबार भएको प्रदर्शनले हिंसात्मक रुप लिँदा २ जनाले ज्यान गुमाएका छन् भने २५ जना घाइते भएका थिए । प्रहरीले उक्त आन्दोलनको नेतृत्व गरेका राजावादी नेताहरु रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल लगायतलाई पक्राउ गरेको छ भने जनकमाण्डर भनिएका दुर्गा प्रसाईंको खोजी जारी छ ।