३ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘बार्सिलोना’



अ+ अ-

यूईएफए च्याम्पियन्स लिगको अन्तिम ८ मा स्पेनिस महारथी बार्सिलोना प्रवेश गरेको छ । आइतबार बिहान भएको लिगको दोस्रो लेगको खेलमा इटालियन क्लब नापोलीलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो।  गत फेब्रुवरी मै भएको पहिलो लेगको खेलमा १–१ को बराबरी खेलेको बार्सिलोनाले दोस्रो लेगको खेलमा नापोलीविरुद्ध ३–१ को जित हात पार्दै समग्रमा ४–२ गोलअन्तरका सहित अन्तिम ८ मा प्रवेश गरेको हो। 

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा १० औँ मिनेटमा लेङ्गलेटको गोलबाट बार्सिलोनाले  अग्रता बनाएको थियो । त्यसपछि २३औं मिनेटमा मेसीले गोल गरी अग्रता दोब्बर बनाए। 

पहिलो हाफमो थप समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै स्वारेजले गोल गर्दा बार्सिलोना ३–० ले अघि बढ्यो । त्यसको लगतै नापोलीले पनि पेनाल्टीको अवसर पायो ।  थप समयको पाँचौँ मिनेटमा इन्सिग्नेले त्यसलाई गोलमा परिणत गरी अग्रता घटाउने प्रयास गरे ।  

दोस्रो हाफमा कुनै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना ३–१ ले जित हात पार्न सफल भयो।