३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्वाटरफाइनलमा पुग्यो बायर्न, बार्सिलोनासँग प्रतिस्पर्धा गर्ने



अ+ अ-

काठमाडौं । रोवर्ट लेवान्डोस्कीको दुई गोलमा बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वाटर फाइनलअन्तर्गत दोस्रो लेगमा इंग्लिस क्लब चेल्सीलाई ४–१ ले पराजित गर्दै बायर्नले समग्रमा ७–१ को जित हात पारेको हो । पहिलो लेगमा बायर्न ३–० ले विजयी भएको थियो ।

बायर्नलाई जित दिलाउन लेवान्डोस्कीले २ गोल गरे भने इभान पेरिसिक र कवरेन्टिन टोलिसोले एक एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि टमी अब्राहमले एक गोल फर्काउन सफल भएका थिए । खेलको १०औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टी सुटआउटको फाइदा लिइ गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा परेसिकले बायर्नको अग्रता दोब्बर पारे ।

अन्ततः बायर्नले खेलको अन्त्यसम्म ४–१ को गोलमा जित हात पारेको हो । बायर्नले अब क्वाटरफाइनलमा स्पानिस क्लब बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ ।