१५ श्रावण २०८३, शुक्रबार
,
Latest
हिमपहिरोमा बेपत्ता नेपाली आरोहीको खोजीमा पाकिस्तानसँग समन्वय जारी छ: पर्यटन विभाग मधेसको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाह र मधेसवादी दलबीच छलफल धनुषामा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको पुष्टि, घटनालाई धर्मसँग नजोड्न प्रहरीको आग्रह सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल देशभर हर्षोल्लासका साथ साउन १५ मनाइँदै प्रतिफल नदिने पूर्वाधारमा ऋण लगानी गर्दा मुलुक संकटतर्फः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल आजः धोनी भर्सेस कोहली



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को आठौं खेलमा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर आमने सामने हुँदैछन् ।

यो खेल चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा हुनेछ । जारी सिजनमा दुवै टोलीको यो दोस्रो खेल हुनेछ ।

पहिलो खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई र बैंगलोरले कोलकाता नाइट राइडर्सलाई हराएको थियो ।

गत सिजन चेन्नईलाई हराउँदै बैंग्लोर प्लेअफमा पुगेको थियो । यो खेल निकै रोमाञ्चक रह्यो । प्लेअफमा पुग्न दुवै टोलीका लागि गर या मरको खेल थियो ।
अन्तिम ४ मा पुग्न बैंगलोरले चेन्नईलाई कम्तिमा १८ रनले हराउनुपर्ने थियो ।

जहाँ चेन्नईले १८ रनभन्दा कमको अन्तरले हारेको भए प्लेअफमा पुग्ने थियो । आरसीबीले आफ्नो घरेलु मैदानमा २७ रनले जित हात पार्दै अर्को चरणमा प्रवेश गर्न सफल रह्यो ।

हेड टु हेड
हेड टु हेडमा, चेन्नई बैंग्लोरभन्दा बलियो छ । यी दुईबीच हालसम्म ३४ आईपीएल खेल भइसकेका छन् । जसमध्ये २२ खेलमा चेन्नई र ११ खेल बैंग्लोरले जित निकालेका छन् । एक खेलको नतिजा घोषणा हुन सकेको छैन ।

यससँगै एमए चिदम्बरम स्टेडियममा दुवै टोली ९ पटक भिडेका छन्, जसमा चेन्नई ८ पटक विजयी हुँदा बैंग्लोरले १ पटक मात्र जित हासिल गरेको छ ।

चेन्नईले पछिल्लो खेलमा मुम्बईलाई हराएको थियो । कम स्कोरको यो खेलमा स्पिनर नूर अहमदले ४ विकेट लिएका थिए । उनी खेलको प्लेयर अफ द म्याच चुनिए । नूर बाहेक रविन्द्र जडेजा र आर अश्विनले स्पिन विभागलाई निकै बलियो बनाएका छन् । ब्याटिङमा रचिन रविन्द्रले अविजित ६५ रनको इनिङ्स खेलेका थिए ।

आरसीबीका लागि पछिल्लो खेलमा दुवै ओपनरले अर्धशतक बनाएका थिए । विराट कोहलीले अविजित ५९ र फिल साल्टले ५६ रन बनाए । टिममा लियाम लिभिङ्स्टन, जितेश शर्मा र कृणाल पाण्ड्याजस्ता टी–२० का अनुभवी खेलाडी छन् ।

कस्तो छ पिच ?
एमए चिदम्बरम स्टेडियमको पिच स्पिनमैत्री छ । यहाँ ब्याटिङ गर्न अलि गाह्रो छ । अहिलेसम्म यहाँ ८६ आईपीएल खेल खेलिएका छन् । ४९ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेका छन् भने ३७ खेल पछ्याउने टोलीले जितेका छन् । यहाँ उच्चतम टोली स्कोर २४६–५ ​​रहेको छ जुन घरेलु टोली चेन्नईले २०१० मा राजस्थान रोयल्स विरुद्ध बनाएको थियो ।

चेन्नईको मौसम आज धेरै तातो हुनेछ । दिनभर चर्को घाम रहनेछ र पानी पर्ने सम्भावना छैन । तापक्रम २६ देखि ३६ डिग्रीसम्म रहने अनुमान गरिएको छ ।

सम्भावित सुरुवाती–१२
चेन्नई सुपर किंग्सः रुतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, राहुल त्रिपाठी, दीपक हुडा, शिवम दुबे, रवीन्द्र जडेजा, साम करण, महेन्द्र सिंह धोनी (विकेटकीपर), रविचन्द्रन अश्विन, नूर अहमद, नाथन एलिस र खलील अहमद ।

रोयल च्यालेन्जर्स बैंग्लोरः रजत पाटीदार (कप्तान), फिल साल्ट, विराट कोहली, लियाम लिभिङ्स्टन, जितेश शर्मा (विकेटकिपर), टिम डेभिड, क्रुणाल पाण्ड्या, रसिक दार सलाम, सुयश शर्मा, जोस हेजलवुड, यश दयाल र देवदत्त पडिककल ।




भर्खरै