७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

देशभर हर्षोल्लासका साथ साउन १५ मनाइँदै

देशभर हर्षोल्लासका साथ साउन १५ मनाइँदै
अ+ अ-

काठमाडाैँ । नेपाली सांस्कृतिक परम्पराअनुसार आज साउन १५ गते देशभर खीर खाएर मनाइएको छ । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा आज खीर खाने पर्व विशेष उत्साहका साथ मनाइएको हो । नेपाली समाजमा साउन १५ लाई खीर खाने दिनका रूपमा विशेष महत्वका साथ लिने गरिन्छ । यस अवसरमा घरघरमा खीर पकाएर पारिवारिक जमघटसहित खाने र खुवाउने परम्परा रहेको छ ।

विशेष गरी वर्षायामको मध्य समयमा शरीरलाई ऊर्जा र स्फूर्ति प्रदान गर्न खीर खाने प्रचलन रहिआएको छ । वर्षा ऋतुको मध्य समयमा पर्ने यस दिनलाई नेपाली समाजमा खीर खाने विशेष पर्वका रूपमा लिने गरिन्छ । असार महिनाभर धान रोपाइँ सकेर फुर्सदिला भएका कृषकले साउन १५ मा शक्ति र ऊर्जा प्राप्तिका लागि खीर खाने मौलिक परम्परा रहिआएको छ ।

दुध, चामल, घिउ, चिनी तथा विभिन्न मरमसलाको सम्मिश्रणबाट तयार गरिने खीरलाई नेपाली संस्कृतिमा शुद्ध र पौष्टिक भोजनका रूपमा मानिन्छ । कृषिप्रधान देश नेपालमा रोपाइँको थकान मेटाउन र वर्षातको समयमा शरीरलाई स्वस्थ राख्न खीर खाने चलन शुरु भएको विश्वास गरिन्छ । यस दिन परिवारका सदस्यहरू एकै ठाउँमा भेला भई हर्षोल्लासका साथ खीर खाने र आपसी आत्मीयता साटासाट गर्ने गरिन्छ ।

पछिल्लो समय यस दिनलाई राष्ट्रियस्तरमै सांस्कृतिक महत्वको पर्वका रूपमा मनाउन थालिएको छ ।आज मुलुकभरका सर्वसाधारणले आफ्ना परिवार, आफन्त र इष्टमित्रसँगै खीर खाएर यो उत्सव मनाएका छन् ।