७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

धनुषामा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको पुष्टि, घटनालाई धर्मसँग नजोड्न प्रहरीको आग्रह

धनुषामा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको पुष्टि, घटनालाई धर्मसँग नजोड्न प्रहरीको आग्रह
अ+ अ-

काठमाडौं । धनुषाको सबैला नगरपालिका–१२ स्थित एक मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी मन्दिरका पुजारी नभएको प्रहरीले स्पष्ट पारेको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले मृतक मन्दिरका पुजारी नभएको पुष्टि गर्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा फैलिएको पुजारीको मृत्यु सम्बन्धी सूचना सत्य नभएको जानकारी दिनुभयो।

यसैबीच, जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार विज्ञप्ति जारी गर्दै मृतक मन्दिरका पुजारी नभई विभिन्न स्थानमा घुम्ने र बेलाबेलामा मन्दिरमा आएर बस्ने व्यक्ति रहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ।

उहाँले भन्नुभयो, “मन्दिर परिसरमा फेला परेको शव कडेरीको हो। उहाँ मन्दिरका पुजारी नभई घुमी हिँड्ने व्यक्ति भएको पुष्टि भएको छ। घटनाको अनुसन्धान जारी छ।”

प्रहरीले घटनालाई कुनै पनि धार्मिक विषयसँग जोडेर अफवाह फैलाउन नहुने आग्रह गरेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा घटना विशुद्ध आपराधिक प्रकृतिको देखिएको जनाउँदै संलग्न जो–सुकैलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता समेत जनाएको छ।