२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतमा एकैदिन थपिए यति धेरै कोरोना संक्रमित



अ+ अ-

काठमाडौं । बेलायतमा गत २४ घण्टामा मात्रै १ हजार ६२ नयाँ संक्रमित फेला परेका समाचार एजेन्सी रोयटर्सले जनाएको छ । यो संख्या जुन महिनापछि एकै दिनमा यति धेरै कोरोना संक्रमित फेला परेको यो पहिलो पटक हो । 

संक्रमण फैलिनबाट रोक्न बेलायत सरकारले केही स्थानमा लकडाउन गरेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार बेलायतमा हालसम्म ३ लाख १२ हजार ५ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४६ हजार ६ सय ५९ जनाको मृत्यु भएको छ ।