२ भाद्र २०८३, मंगलवार
,
Latest
‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो



अ+ अ-

वासिङ्टन । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ । सोमबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या ५० लाख ४१ हजार नाघेको र भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ९ सय १३ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । 

त्यसैगरी, कोरोना भाइरसबाट विश्वभर १ करोड ९७ लाख ६९ हजार संक्रमित भइसकेका छन् । भाइरसका कारण ७ लाख २९ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । भारतमा कोभिड संक्रमितको संख्या २१ लाख ५३ हजार नाघेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सोमबार बिहानसम्म देशभर ४३ हजार ३ सय ७९ जनाको मृत्यु भइसकेको छ ।

रुसमा ८ लाख ८५ हजार तथा दक्षिण अफ्रिकामा ५ लाख ५९ हजार जना संक्रमित भइसकेका छन् । रुसमा १४ हजार ९ सय ३ तथा दक्षिण अफ्रिकामा १० हजार ४ सय ८ जनाले ज्यान गुमाइसकेका छन् ।