३ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा



अ+ अ-

कोलोन । म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा पुगेको छ । यसका लागि सोमबार राति ब्रुनो फर्नान्डेजले अतिरिक्त समयमा पेनाल्टीबाट गरेको निर्णायक गोलको सहयोगमा एफसी कोपनहेगनलाई १–० ले हरायो । 

अब सेमिफाइनलमा उसले सेभिया अथवा उल्भ्सको सामना गर्नेछ । कोपनहेगनले पहिलो हाफमा आफ्नो प्रभुत्व देखाए पनि पछि त्यसलाई कायम राख्न सकेन । खेलको अन्त्यतिर म्यानचेस्टर आक्रामक देखियो र यसैक्रममा फर्नान्डेजले पेनाल्टीलाई गोलमा परिणत गरे ।

एन्थोनी मार्सियलमाथि भएको फलमा प्राप्त पेनाल्टीलाई पोर्चुगाली खेलाडीले ९५ औं मिनेटमा सजिलै गोलमा परिणत गरेका हुन् । सेभिया र उल्भ्सबीचको खेल मंगलबार हुँदैछ ।