२५ श्रावण २०८३, सोमबार
,
Latest
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत चिनियाँ राजदूत झाङ माओमिङद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट प्रतिपक्षले प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा राप्रपा नेता शाहीको आपत्ति सरकार–सञ्चारमाध्यम सम्बन्ध सुदृढ बनाउन शिक्षामन्त्री पोखरेलले गरे सम्पादकहरूसँग छलफल राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज गुजरात र पञ्जाब खेल्दै



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औं सिजनको पाँचौं खेलमा आज गुजरात टाइटन्स र पञ्जाब किंग्स खेल्दैछन् । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७ः४५ बजेबाट सुरु हुनेछ ।

गुजरातले आफ्नो घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा कुल १६ खेल खेलेको छ । जसमा ९ जित र ७ हारेको छ । यस मैदानमा टोलीले आफ्नो पहिलो आईपीएल उपाधि पनि जितेको थियो। टोलीले २०२२ मा राजस्थान रोयल्सलाई ७ विकेटले हराएर उपाधि जितेको थियो ।

हे- ट- हेडमा गुजरात अगाडि

आईपीएलमा हालसम्म यी दुई टोलीबीच जम्मा ५ खेल खेलिएका छन् । जसमा गुजरातले ३ खेल जितेको छ भने पञ्जाबले २ खेल जितेको छ। दुबै टोली यस मैदानमा दोस्रो पटक आमने सामने हुँदैछन्।

गुजरातको ब्याटिङ बलियो

गुजरातको ब्याटिङ विभाग निकै बलियो छ । जोस बटलरलाई समावेश गरेर टोलीले यो सिजन ओपनिङलाई बलियो बनाएको छ। फिनिसिङ लाइनमा शेरफान रदरफोर्ड, शाहरुख खान, राहुल तेवाटिया, राशिद खान र ग्लेन फिलिप्स जस्ता स्थापित खेलाडीहरू पनि समावेश छन्।

पञ्जाबमा म्याच विजेताहरू धेरै

पञ्जाबसँग श्रेयस अय्यरमा कप्तान र मध्यक्रममा राम्रा ब्याट्सम्यानहरु छन् । वढेरा, म्याक्सवेल, शशांक, यान्सन र शेड्जले बलियो फिनिसिङमा छन्। अर्शदीप, चहल, ब्रार, यश ठाकुर र यान्सनले बलिङलाई बलियो बनाउनेछन् ।

पिच रिपोर्ट

अहमदाबादको पिच ब्याटिङमैत्री मानिन्छ। अहिलेसम्म यहाँ ३५ आईपीएल खेल खेलिएका छन् । पहिले ब्याटिङ गरेको टोलीले १५ र लक्ष्य पछ्याउँने टोलीले २० खेल जितेको छ ।यहाँको उच्चतम टोली स्कोर २३३/३ हो, जुन २०२३ मा मुम्बई इन्डियन्स विरुद्ध गुजरात टाइटन्सले बनाएको थियो।

सम्भावित प्लेईङ–११ः

गुजरात टाइटन्सः शुभमन गिल (कप्तान), जोस बटलर (विकेटकीपर), साई सुदर्शन, महिपाल लोमरोर, ग्लेन फिलिप्स, शाहरुख खान, राहुल तेवाटिया, राशिद खान, साई किशोररइशान्त शर्मा, कागिसो रबाडा, मोहम्मद सिराज, प्रशिद कृष्णा।

पञ्जाब किंग्सः श्रेयस अय्यर (कप्तान), प्रभसिमरन सिंह (विकेटकीपर), जोश इङ्लिस, शशांक सिंह, मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल, नेहल वधेरा, सूर्यांश शेडगे, मार्को यान्सन, हरप्रीत ब्रार, अर्शदीप सिंह, युजवेन्द्र चहल।