१४ चैत्र २०८१, बिहीबार
March 27, 2025 Thursday

27.38°C

काठमाडौं

27.38°C

Kathmandu

Feels-like: 26.22

Wind: 4.63

Humidity: 15

Latest
पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छः सभापति देउवा ८ औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला (तस्बिरहरु) नेप्से परिसूचक ४१ अङ्कले बढ्यो महिला एसियन कप–२०२६ छनोटः नेपाल समूह एफमा उनान्नब्बे वर्षमा नागरिकता प्रधानमन्त्री कप क्रिकेटः पुलिसद्वारा आर्मीलाई १४९ रनको लक्ष्य नवलपरासीमा आल्मुनियम रड उत्पादन गर्ने उद्योग सञ्चालन प्रत्येक नागरिकलाई राजा बनाउने अधिकार लोकतन्त्रले दिएको छ, अर्को कोही राजा चाहिँदैनः दुर्लभ थापा यस्तो छ कुलमानले सर्वोच्चमा दायर गरेको रिट निवेदन (पूर्णपाठसहित) संयुक्त जनआन्दोलनको जनकमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंले पाए
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात



अ+ अ-

पर्सा। वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा रु ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवको सोही अवधिको तुलनामा यो एक सय ७२ दशमलव ०१ प्रतिशतले बढी हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवमा भटमासको तेल निर्यात बढेको छ । बितेका आठ महिनामा रु २८ अर्ब १९ करोड मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार एक सय ४२ लिटर भटमासको तेल निर्यात भएको हो ।

यसैगरी, रु चार अर्ब ८८ करोड बराबरको जुस र रु तीन अर्ब ६८ करोड मूल्य पर्र्ने फलाम तथा फलामका सामग्री निर्यात भएको छ ।