२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्षयरोगका बिरामी खोज्दै स्वास्थ्य कार्यालय



अ+ अ-

बैतडी। स्वास्थ्य कार्यालय बैतडीले क्षयरोगका बिरामी खोज्न थालेको छ । जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका क्षयरोगका बिरामी खोज्न थालिएको ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले जानकारी दिनभुयो ।

कार्यालयले स्थानीय तहसँग समन्वय गरी सम्भावित बिरामी भएका तथा दुर्गम क्षेत्रमा घुम्ती शिविर आयोजना गरिरहेको उहाँले बताउनुभयो । घुम्ती शिविरमार्फत सम्भावित व्यक्तिको खकारको नमूना सङ्कलन गरी परीक्षण गरिने निरीक्षक बडालले जानकारी दिनुभयो ।

दश स्थानीय तहमध्ये उहाँका पाँच तहमा घुम्ती शिविर सम्पन्न भइसकेका छन् । बजेट पुगेसम्म सबै स्थानीय तहमा शिविर सञ्चालन गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।

हालसम्म डिलाशैनीको ब्रह्म आधारभूत स्वास्थ्य केन्द्र, दोगडाकेदारको न्वाली स्वास्थ्य केन्द्र, पञ्चेश्वर गाउँपालिकाको आमचौरा स्वास्थ्य चौकीअन्तर्गत विनायकमा घुम्ती शिविर सम्पन्न भएका छन् । यस्तै, शिवनाथ गाउँपालिकाको नागार्जन आधारभूत स्वास्थ्य केन्द्र र सिगास गाउँपालिकाको कान्धार आधारभूत स्वास्थ्य केन्द्रमा घुम्ती शिविर सम्पन्न भएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

यस क्रममा दुई सय २३ को नमूना परीक्षण गर्दा चार जनामा क्षयरोग पुष्टि भएको छ । कान्धारमा ७१ जनाको नमूना सङ्कलन गरिएकामा रिपोर्ट आउन बाँकी छ । निरीक्षक बडालका अनुसार जिल्लामा ९८ जना क्षयरोगका बिरामीले औषधि सेवन गरिरहेका छन् ।

स्वास्थ्य कार्यालयको नियमित कार्यक्रमअन्तर्गत घुम्ती शिविरमार्फत विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएको सूचना अधिकारी विपिन लेखकले जानकारी दिनभुयो । शिविरमा क्षयरोग, कुष्ठरोग, मलेरियालगायत नसर्ने रोगको जाँच तथा परामर्श दिने गरिएको उहाँले बताउनुभयो । रासस