१७ चैत्र २०८१, आईतवार
March 30, 2025 Sunday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.63

Wind: 1.03

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

इशान किशनको शतकमा राजस्थान रोयल्सलाई २८७ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आईपीएल–१८ को दोस्रो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई जितका लागि २८७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको निर्धारित हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर २८६ रन बनायो । यो आईपीएल इतिहासमा दोस्रो उच्च स्कोर हो । उच्चतम स्कोर (२८७ रन) को कीर्तिमान पनि हैदरावादकै नाममा छ ।

इशान किशनले १०६ रनको शतकीय इनिङ खेले । उनले ४७ बलमा ११ चौका र ६ छक्का प्रहार गरे । ट्राभिस हेडले ३१ बलमा ६७ रन बनाए । हेनरिक क्लासेन (३४ रन), नितिश कुमार रेड्डी (३० रन) र अभिषेक शर्मा (२४ रन) बनाए ।

राजस्थानका तुषार देशपाण्डेले ३ विकेट लिए । महिष टिक्षानाले २ र सन्दीप शर्माले १ विकेट लिए ।