३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक विकासको मार्गमा अघि बढिरहेको छ-गगन थापा



अ+ अ-

नवलपरासी। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय मुलुक विकासको मार्गमा अघि बढिरहेको बताउनुभएको छ ।

पश्चिम नवलपरासीको परासीमा आज आयोजित कांग्रेस नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं २ को प्रथम क्षेत्रीय सम्मेलनमा उहाँले स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा विकास हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “२०४६ सालपछि देशमा, स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा उल्लेख्य मात्रामा विकास भएको छ । हामीले केही भएको छैन भन्नुभन्दा विकासले गति लिँदैछ भन्नु आवश्यक छ ।” नेपाली युवालाई मुलुकमा विकास भएको छैन भनेर गलत सन्देश कसैले प्रवाह गर्न नहुने धारणा राख्दै महामन्त्री थापाले युवाका लागि स्वरोजगारका अवसर सृजना गरी विदेश पलायनदर रोक्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

हामी सामाजिक सञ्जालमा बढी समय बिताउँछौँ । सामाजिक सञ्जालको सही उपयोग नगरी देशमा विकास भएको छैन भनेर सन्देश प्रवाह कसैले नगरौँ । हामीले विगत र वर्तमान अवस्थालाई विश्लेषण गरौँ अनि मुलुकमा सकारात्मक परिवर्तनसँगै विकास भएको छ कि छैन आफैँ मूल्याङ्कन गरौँ”, उहाँले भन्नुभयो ।

राजनीतिक दलसँगै तीनै तहका सरकारले नागरिकका कुरा सुनेर असन्तुष्टिलाई सन्तुष्टिमा बदल्ने प्रयास गर्नुपर्नेमा जोड दिँदै महामन्त्री थापाले आमनागरिकले पनि यही अपेक्षा गरेका बताउनुभयो । मुलुकमा रहेका बेथिति र समस्या समाधान गर्न वर्तमान सरकार लागिपरेको भन्दै उहाँले सरकारलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । रासस