१० श्रावण २०८३, आईतवार
,
Latest
खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै भदौ अन्तिम सातादेखि आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टी नेपालको…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिभाको बढी भन्दा बढी सदुपयोग गर्न जरुरीः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिभाको बढी भन्दा बढी सदुपयोग गर्न जरुरी रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका १० व्यक्तित्वहरुलाई सम्मान गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रतिभा सबैसँग हुने तर प्रतिभाको कसले कति प्रयोग ग¥यो भन्नेकुरा महत्वपूर्ण हुने जिकिर गर्नुभयो । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा गरेको थियो । प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्मान गर्नुभयो । प्रधानमन्त्री ओलीले उचाई कहिल्यै नसकिने भन्दै सबैले उचाई चुम्दै जानुपर्ने बताउनु भयो । उपलब्धिबाट सन्तुष्टि लिन नहुने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘प्रतिभा हरेकसँग हुन्छ, तर प्रतिभाको सदुपयोग कति ग¥यो भन्नेकुरा मुख्य हो । कसैको मन व्यापक हुन्छ, मस्तिष्क व्यापक हुन्छ, राष्ट्रव्यापी, जनव्यापी धारणा हुन्छ, कुनै एउटा विषयमा उन्नति प्रगति, खोज अनुसन्धान गरिरहेको हुन्छ, उपलब्धि हाँसिल गर्दछ । यहाँहरु १० जना त्यस्तै व्यक्ति हुनुहुन्छ । कोही पर्वतारोही, कोही समाजसेवी । तपाईंहरुले आफ्नो क्षेत्रमा ठूलो योगदान दिनुभएको छ । यसमा सबैको ध्यानाकर्षण भएको छ ।’

पुरस्कृत हुनेमा टेलिमेडिसिनतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ डा आभास मास्के (काठमाडौं) र हरिराम श्रेष्ठ (गोरखा)हुनुुहुुन्छ । यस्तै चिकित्सा क्षेत्रतर्फ डा ओममूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी साम्बा (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौं) र रामजी अधिकारी (गोरखा)पुरस्कृत हुनुुभएको छ ।