• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ? ★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस् ★   शेखर कोईरालालक्षित काँग्रेस सांसद लिम्बूको टिप्पणी: नयाँ सरकार निर्माणमा धोकाधडी नहोस् ★   विश्व निकेतन स्कूलको झ्यालबाट छोएको बागमतीको ‘बाढी पो बाढी त’…. ★   प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छ: प्रतिनिधि सभाका सांसदहरु ★   तपाईको जीवनमा शुभ समय आउनुअघि घरमा देखिन्छन् यी संकेत ★   कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह ★   जयपृथ्वी राजमार्ग अवरूद्ध ★   मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी मीना ढकाल पक्राउ

२५ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पीएसजीको प्रवेश



लिस्बन । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नाटकीय पुनरागमनपछि बुधबार एटलान्टामाथि  २–१ जित रच्दै युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा तय गरेको छ । हारको निश्चित संघारमा रहेर पीएसजी जित निकाल्न सफल रहेको हो । इटालीको एटलान्टाले २७ औं मिनेटमा मारियो पासालिचको गोलले अग्रता लिएको थियो । दर्शनविहीन स्टोडियो डा लुजमा मारक्विन्होसले ९० औं मिनेटमा बराबरी गोल फर्काए । इन्ज्युरी समयको तेस्रो मिनेटमा सब्टिच्युट चोउपो मोटिङ गोल गरे ।

यससँगै प्रतियोगितामा एटलान्टाको प्रभावशाली यात्रामा पनि पूर्णविराम लागेको छ भने पीएसजी २५ वर्षयता पहिलोपल्ट च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको छ । फ्रान्सेली च्याम्पियन पीएसजी युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगितामा सेमिफाइनल पुगेको यो सन् १९९५ यता पहिलो पल्ट हो । अब फाइनल प्रवेशका लागि उसले आरबी लाइपजिग र एटलेटिको म्याड्रिडबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

कतारले एक दशक अगाडि पीएसजीमा स्वामित्व लिएयता क्लब क्वाटरफाइनल चरण भन्दा माथि पुगेको पनि यो पहिलो पल्ट हो ।




भर्खरै