२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौतारीको अध्यक्षमा उम्मेदवारी दिन पाण्डेले दिए एमाले प्रचार विभाग सचिवबाट राजीनामा



अ+ अ-

काठमाडौँ । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

हाल संगठनका उपाध्यक्ष रहेका पाण्डेले विराटनगरमा १० चैतबाट सुरू हुने दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने मनसायले सचिव पदबाट राजीनामा दिएका हुन् ।

गत फागुन १८ गते बसेको एमालेको ४५ औं केन्द्रीय सचिवालय बैठकले पाण्डेलाई विभागको सचिवमा मनोनयन गरेको थियो ।

पार्टी निर्णय अनुसार पाण्डेले प्रचार विभाग सचिव पदको शपथ लिइसकेका थिए ।

‘म प्रेस चौतारी नेपालको झन्डै १० वर्षदेखि केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहेको र प्रेस चौतारी नेपालको आगामी १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारीमा नरहने मनसायका साथ मैले विभागको सचिव पदबाट राजीनामा दिने निर्णय गरेको छु,’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

आज नै प्रेस चौतारी नेपालको अध्यक्ष पदमा राजेश राईले पनि उम्मेदवारी घोषणा गरेका छन् । राई पनि हाल संगठनका उपाध्यक्ष रहेका छन् ।