२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ३७ मा स्ववियु चुनाव, कहाँ कसले जिते ? (सूचीसहित)



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक क्याम्पसमध्ये ३७ वटामा स्ववियु निर्वाचन सम्पन्न भई परिणाम सार्वजनिक भएको छ ।

यस्तै, २५ वटा क्याम्पसमा स्ववियु चुनाव र परिणाम आउन बाँकी छ ।

चैत ५ गते स्ववियु चुनाव भएका ३७ क्याम्पसमध्ये धेरैमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ ।

त्रिविका आंगिक क्याम्पसमध्ये अहिलेसम्म परिणाम आएको ३७ मध्ये १५ क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघले बाजी मारेको छ ।

यस्तै, नेकपा (एमाले) निकट अनेरासस्ववियुले ११ आंगिक क्याम्पसमा स्ववियु अध्यक्ष जितेको छ भने नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) ले ८ क्याम्पसमा स्ववियु अध्यक्ष जितेका छन् ।

स्वतन्त्र उम्मेदवारले तीन क्याम्पसमा स्ववियु अध्यक्ष जित्न सफल भए ।

हेर्नुहोस् सूचीः

angik-update-1742459444