९ चैत्र २०८१, शनिबार
March 22, 2025 Saturday
Latest
लेखा समितिमा परेकामध्ये ४८ उजुरीमाथि छानबिन अघि बढाइने राजसंस्थाको पक्षमा जनलहर देखेपछि जीवित खलपात्रहरुको छटपटी सुरुभयो: राप्रपा प्रवक्ता श्रेष्ठ सङ्घीयतालाई सुदृढ बनाउन जरुरी छ- नारायणकाजी श्रेष्ठ कोशी प्रदेशमा आयोजना बैङ्कमा योजना जम्मा गरिँदै देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको छ: महासचिव गुरुङ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरे सबै मिलेर हिमनदीको संरक्षण गर्नुपर्दछः मन्त्री यादव सिरहामा विभेदको घटनाः पीडित परिवारबाट प्रहरीमा जाहेरी मधेसी निजामती कर्मचारी मञ्चको अध्यक्षमा लालबाबु ‘कृषि उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि एसईई, पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुँदै



फोटोः फाइल
अ+ अ-

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसर्इई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ ।

परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ ।

परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ ।

यस वर्षको एसर्इई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।