२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजतन्त्र पुनःस्थापनाको बहस निरर्थकः शक्तिबहादुर बस्नेत



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले इतिहासमा सीमित भएको राजतन्त्रको विषयमा संसदमा बहस हुनुले संविधानमाथि चोट पुगेको बताउनुभएको छ ।

बुधवार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उहाँले जनतामा निहित सार्वभौम अधिकारलाई जन्मसिद्ध अधिकारको आधारमा राजसंस्थालाई बुझाउनुपर्ने भनी भएको बहसले संविधानमा चोट पुगेको बताउनुभएको हो । उहाँले संविधानमा व्यवस्था भएको जनतामा निहित सार्वभौमसत्ता परिवर्तन हुन नसक्ने जिकिर गर्नुभयो ।

नेपालमा लोकतन्त्र र राजतन्त्र सँगै जान नसक्ने निचोडका साथ आफ्नो पार्टीले २०४८ सालमा निर्णायक आन्दोलन घोषणा गरेको र दश वर्षे जनयुद्ध त्यसैका लागि भएको दाबी गर्नुभयो । २०५९ सालको राजा ज्ञानेन्द्रको कदमपछि तत्कालिन संसदमा भएका दलहरु लोकतन्त्रका लागि राजतन्त्र वाधक भएको निर्णयमा पुगेको उहाँको भनाइ छ । उहाँले सात दल र माओवादीसहितको सहकार्यमा गणतन्त्र स्थापना भएकाले अब पुनः राजतन्त्र स्थापना हुनुपर्ने भन्ने विषयमा भएका बहस निरर्थक रहेको आशय व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो संविधानको व्यवस्था जनतामा अन्तर्निहित सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिको अखण्डता । यी विषयहरु संविधानका अपरिवर्तनीय विषय बस्तु हुन् । जनतामा निहित सार्वभौतसत्तालाई खण्डित गरेर कसैको जन्मसिद्ध अधिकारकै आधारमा जनतामा अन्तरनिहित सार्वभौम अधिकारलाई बुझाइ दिने पुर्याइ दिने ढंगले संवैधानिक निकायभित्र बहस हुनु र जुन रुपमा बहस भइरहेको छ त्यसले हाम्रो संविधानमाथि कही चोट पुर्याइराख्या छ । हामीले ०४८ सालदेखि नै भनेका थियौँ कि लोकतन्त्र र राजतन्त्र नेपालको कन्टेक्समा सँगै जान सक्ने विषय होइनन् । सँगसँगै जाँदैनन् भनेर नै हामीले सामन्तवात विरुद्ध निर्णायक संघर्षको घोषणा गर्या हो ।

जनयुद्ध भन्या राजतन्त्र विरुद्धको निर्णायक आन्दोलनको घोषणा थियो । पछि त्यो कुरा त्यति बेला संसदमा रहेका पार्टीहरुले अर्को ठक्कर खाइसकेपछि ०५९ सालपछि उहाँहरु पनि ०६२ सालसम्म आउँदा एउटा निष्कर्षमा पुग्नुभयो कि नेपालको लोकतन्त्रका लागि सबैभन्दा बाधक भनेको राजतन्त्र नै हो भन्ने निष्कर्षमा उहाँहरु पुग्नुभयो र माओवादीसँगको सहकार्यमा आइपुग्नुभयो । र ०६३ सालको संयुक्त जनआन्दोलन भएको हो ।’

उपमहासचिव बस्नेतले वर्तमान सरकारले आफ्नो औचित्य पुष्टि गर्न नसकेको भन्दै आफ्नै कारणले सरकार ढल्ने अवस्थामा पुगेको बताउनु भयो । उहाँले सरकार परिवर्तन गर्ने खेलमा आफ्नो पार्टी नलागेको दाबी गर्नुभयो ।