२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 21.41

Wind: 1.03

Humidity: 33

तपाईं के खोज्दै हुनुहुन्छ ?

एसइईको शुभकामना दिँदै दुर्गेशको घोषणा– एसइई चल्दासम्म कुनै कार्यक्रम गर्दिनँ



अ+ अ-

काठमाडौँ । गायक दुर्गेश थापाले माध्यमिक शिक्षा परीक्षा (एसइई) अवधिभर कुनै पनि कार्यक्रम नगर्ने भएका छन् ।

परीक्षार्थीलाई असर पर्नसक्ने भन्दै गायकले उक्त अवधिभर कुनै पनि कार्यक्रम नगर्ने भएका हुन् । थापाले आयोजकलाई यस अवधिमा कुनै पनि कार्यक्रममा सम्पर्क नगर्न आग्रह समेत गरेका छन् ।

उनले एसइई परीक्षार्थीलाई शुभकामना दिँदै भनेका छन् –‘पढाइमा गरिएको लगानी कहिल्यै खेर जाँदैन । सफलता हजुरकै हातमा छ, यसलाई मजबुत बनाउनुस् ।,’ दुर्गेश पछिल्लो समय मेला–महोत्सवमा निकै व्यस्त छन् ।

एसईई परीक्षा भोलि बिहीबारबाट सुरु हुँदैछ । अर्को साताभरीसम्म परीक्षा चल्नेछ ।