• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

सर्वदलीय बैठक बस्दै



काठमाडौँ । निर्वाचन आयोगको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न आयोगले आज बिहान ११ बजे बैठक बोलाएको छ।

सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन् ।  स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने उनले बताए ।