८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

भोजपुरमा आगलागी हुँदा १७ घर, आठ पाली र १० गोठ नष्ट

भोजपुरमा आगलागी हुँदा १७ घर, आठ पाली र १० गोठ नष्ट
अ+ अ-

भोजपुर। भोजपुरमा हावाहुरीसँगै सोमबार लागेको आगलागीबाट १७ घर, आठ पाली र १० वटा गोठ जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरको विवरणअनुसार आगलागीबाट ती संरचनाहरू नष्ट भएका हुन् ।

नजिकैको पारपानी टङ्टङ्गेडाँडास्थित इनामे सामुदायिक वनमा लागेको आगो बस्तीसम्म आइपुग्दा भोजपुर नगरपालिका–१२ पारपानीका स्थानीय शम्भु चापागाईंको पाली, सोभित श्रेष्ठको घर पाली, गोमा दर्जीको घर, रामबहादुर कार्कीको घर पाली, गोपीकृष्ण धमलाको पाली, रूद्रप्रसाद ढकालको घर पाली, शेखर धमलाको घर, तीर्थप्रसाद सुवेदीको घर पाली, चन्द्रप्रसाद सुवेदीको घर, रामबहादुर कार्कीको घर पाली र गोविन्द चापागाईंको पाली नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यस्तै हावाहुरीसँगैको आगलागीले भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नं ४, दलगाउँ केराबारीमा चार घर जलेर नष्ट भएको छ भने दुई वटा गाईगोठ र तीन वटा सुँगुरसमेत जलेर मरेको छ । स्थानीय कुमार राईको ढुङ्गामाटाले बनेको घर, गजेन्द्र राईको घर, उमेश राईको घर र मानबहादुर तामाङको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै चण्डीराज राईको गाईगोठ, कोपिला राईको गोठ पनि नष्ट भएको छ । बाँसघारीमा लागेको आगो सल्कदै बस्तीसम्म पुग्दा क्षति भएको हो ।
जिल्लाको पूर्वी अरूण गाउँपालिका–७, सिक्रेटारस्थित जलसिंह सामुदायिक वनमा लागेको आगोले स्थानीय दत्तनारायण श्रेष्ठको ढुङ्गा माटोले बनेको घर र गाईगोठ र राजकुमार तामाङको घर जलेको छ भने भेषराज कोइरालाको गोठ, मित्रबहादुर राईको गोठ, विक्रम राईको गोठ पनि जलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

अरूण गाउँपालिकाको वडा नं ४ मा वनमा लागेको डढेलो सल्कदा स्थानीय सीतादेवी भुजेलको ढुङ्गामाटोले बनेको घर र गोठ जलेको छ भने दानबहादुर भुजेलको खाली घर र कमला देवी भुजेलको फुसको छानो भएको गोठसमेत जलेर नष्ट भएको अस्थायी प्रहरी पोष्ट चरम्बीले जनाएको छ ।

आगलागीबाट भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका वडा नं ६, माटोखानीका जयनारायण राईको ढुङ्गा र माटोले बनेको एकतले घर, गोठ र तीन वटा बाख्रासमेत जलेर मरेका छन् । इलाका प्रहरी कार्यालय घोडेटारका अनुसार आगलागीबाट एक लाख ८८ हजार बराबरको क्षति भएको छ । रासस